काठमाडौं– काठमाडौंमा साता दिनसम्म भव्यताका साथ मनाइने इन्द्रजात्रा सकिएको छ। महिलाहरूले रथ तानेर नगर परिक्रमा गराएसँगै यो वर्षको इन्द्रजात्रा आज सकिएको हो।
कुमारी, गणेश र भैरव विराजमान रथ कुमारी घर अगाडिदेखि तानेर टोल परिक्रमा गरेसँगै इन्द्रजात्रा समापन भएको हाे। समापनमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायत सरिक थिए ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौंमा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिअनुरुप इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।