काठमाडौं– चार दिने नेपाल भ्रमणमा सोमबार काठमाडौं आएका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चानशुको भेटघाट कार्यक्रमले काठमाडौंमा सवारी व्यवस्थापनमा बुधबार पनि कठिनाइ भएको छ।
नेपाल आइपुगेदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ । यसबाट सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती परेकाे छ। वर्षात्ले झनै यात्रु मर्कामा परेका छन्।
सोल्टी होटलमा रहेका ली बुधबार बिहान भूकम्पपछि चीन सरकारले पूननिर्माण गरेको हेर्न भक्तपुर दरबार क्षेत्र पुगेका थिए। त्यसपछि अपराह्न उनी राष्ट्रपति विद्यदेवी भण्डारीसँग शिष्टाचार भेटका लागि राष्ट्रपति निवास शितल निवास पुगेका छन्।
यो क्षेत्रमा पर्ने सडकहरूमा बिहानबाटै ट्राफिक व्यवस्थापनमा कठिनाई देखिएको छ। काँही मानिसहरू पैदल यात्रा गरेर आफ्नो गन्तव्य पुगेका छन् भने कतै गाडीहरूको चाप बाक्लो देखिन्छ।
ली बिहीबार दक्षिण कोरियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।