• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चाडबाडमा महँगीको मार : सल्बलाउँदै कालाबजारी, छैन सरकारको चासो

जानकार भन्छन्- यसपालि झनै मूल्य बढ्छ
64x64
सुमित्रा कार्की शुक्रबार, भदौ ३१, २०७९  ११:०४
1140x725

काठमाडौं- जब चाडबाड सुरु हुन्छ, कालाबजारी सल्बलाउँछन्। र, महँगीले आकाश छुन्छ।

चाडबाडको मौका छोपेर व्यापारीले दाल, चामल, तेल, चिनी, तरकारी, माछा, मासु लगायत अतिआवश्यक खाद्यान्नमा आफूखुसी मूल्यवृद्धि गर्ने गरेका छन्।

प्रत्येक चाडबाडमा महँगीको मार खेप्दै आएका उपभोक्ताका लागि यस पटकको दशैं-तिहार झनै महँगो हुने आकलन जानकारहरुले गरेका छन्।

अर्थशास्त्री चन्द्रमणि अधिकारी भन्छन्, ‘विगत वर्षहरुभन्दा यस पटकको दशैं-तिहारमा महँगी अझ बढ्ने देखेको छु मैले।’

यस पटकको दशैंमा हवाई टिकटदेखि बस टिकटको मूल्य पनि अन्य वर्षकोभन्दा वृद्धि हुने उनले बताए। जसका कारण दशैँ मनाउन गाउँ फर्कनेदेखि सहरका उपभोक्ताले महँगीको मार खेप्नुपर्नेछ।

यस पटकको दशैं-तिहारमा महँगी बढ्नुको मुख्य तीन कारण देखेका छन् अर्थशास्त्री अधिकारीले। ‘यो वर्ष चाडपर्वको बेलामै भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ,' उनी भन्छन्, '१ जुन (१८ जेठ) देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हामीलाई थाहा नै छ। जसका कारण चिनीको मूल्य बढ्ने नै भयो।' 

भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी निर्यातमा कडाई गर्यो। यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

केही बिचौलियालाई भने यो कमाउने अवसर पनि बनेको अधिकाकरी बताउँछन्। उनी भन्छन्, ‘भारतले चिनी निर्यातमा रोक लगाउँदा नेपालमा भएको स्टक चिनी पनि लुकाएर कृतिम अभाव सिर्जना गर्दै मूल्यवृद्धि गरेर बेचिरहेको सुनिन्छ। यसले उपभोक्तालाई थप मार परेको छ।'

Ncell 2
Ncell 2

अहिलेको चाडपर्व महँगो बन्नुको अर्को कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि रहेको अधिकारीको बुझाइ छ। अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको भए पनि नेपालमा भने मूल्य घट्न सकेको छैन। जसले गर्दा अन्य सामानमा पनि महँगी बढिरहेको छ। 

चाडपर्वको बेलामा आवातजावतदेखि हरेक कुरामा पेट्रोलियम पदार्थ प्रयोग बढी हुन्छ। नुनदेखि सुनसम्म आयात हुने भएकाले ढुवानी गर्नुपर्ने सबै सामानको मूल्य बढ्ने अधिकारी बताउँछन्। उनी भन्छन्, ‘केही समययता बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको भार चाडपर्व नहुँदा पनि सर्वसाधारणले खेपिरहेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ठूलो असर पर्ने एउटा मुख्य क्षेत्र खाद्यान्न क्षेत्र हो। यसले चाडपर्वमा झनै प्रभाव पार्ने अवस्था देखिन्छ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण मानिसहरूले लगाउने लुगा-कपडाको मूल्य पनि बढ्ने उनको बुझाइ छ। अर्थशास्त्री अधिकारी भन्छन्, 'नेपालीहरुले चाडपर्वमा कपडा तथा कपडाजन्य वस्तुको खरिद धेरै गरिरहेका हुन्छन्। 

उनका अनुसार मूल्यवृद्धिको तेस्रो कारण भनेको भारतले केही दिनअघि मात्र कनिका चामल निर्यातमा प्रतिबन्ध लगाउनु र बासमती चामल बाहेक अन्य चामल निर्यातमा २० प्रतिशत शुल्क बढाउनु हो। अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारलाई हेर्ने हो भने कनिका रोकिँदा त्यसको प्रत्यक्ष असर मदिराजन्य उद्योगलाई पर्ने भए तापनि नेपालमा भने कुखुराको दाना लगायतका वस्तुमा प्रत्यक्ष प्रभाव देखिने छ।'

भारतले बासमती बाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्सामा पर्ने भएको छ। यसले नेपालीको यो पटकको चाडपर्व पनि महँगिने देखिन्छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब १६ करोड रुपैयाँ बराबरको ५० लाख किलो कनिका आयात भएको छ। चामलमा नेपाल भारतमा निर्भर रहेकाले कर बढ्ने बित्तिकै मूल्य पनि बढ्छ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाका अनुसार २० प्रतिशत कर बढ्दा जिरा मसिनो चामलको मूल्य किलोमा १९ रुपैयाँ महँगिने छ। 

अचाक्ली मूल्यवृद्धि, नियन्त्रणमा छैन सरकारको चासो
अहिले बजारमा अचाक्ली मूल्यवृद्धि भइरहँदा पनि सरकारले कुनै चासो नदिएको उपभोक्ताहरु बताउँछन्। उपभोक्ताको एक स्वर छ, ‘सरकार छ तर, जनताले सरकार कस्तो छ भनेर अनुभव गर्न पाएका छैनन्। सामान्य सेवा-सुविधामा पनि सर्वसाधारणको लागि सरकार कतै देखिएको छैन।’

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमल्सिना भन्छन्, ‘सरकारले न महँगी नियन्त्रण गर्न सकेको छ न त सर्वसाधारणलाई खाध्यान्न उत्पादनको लागि समयमा मल नै दिन सक्छ।' सर्वसाधारणले उत्पादन गरेको खाद्यान्नको मूल्य समेत नपाउने गरेको उनको भनाइ छ।

सरकारमा रहेका व्यक्तिहरु नै बिचौलियासँग कमिसन खाएर महँगी नियन्त्रण गर्नुभन्दा बढाउनतर्फ लागेको धेरै उदाहरण भेटिएको उनको आरोप छ। 

सरकारले चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि सहुलियत पसल खोलेको छ। तर यस्ता पसल पनि सीमित व्यक्तिको पहुँच पुग्ने गरी मात्र सञ्चालन गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्। 

उनी भन्छन्, ‘अहिले तीन तहको सरकार छ। सहुलियत पसलहरु स्थानीय स्तरका उपभोक्तालाई लक्षित गरी स्थानीय सरकारहरुसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने हो। तर यहाँ त पहुँचवालालाई ध्यानमा राखेर यस्ता पसल खोलिएको देखिन्छ।' सरकारले महँगी नियन्त्रण गर्न कुनै चासो वा जिम्मेवारी नै नलिएको उनको बुझाइ छ।

‘मूल्य नियन्त्रण गर्न मूल्य व्यवस्थापन गर्नुपर्छ’
सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तथा कालोबजारीलाई गरिने कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको बुझाइ छ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमल्सिना भन्छन्, 'नेपाल आयातमा निर्भर छ। हामीसँग भण्डारण क्षमता पनि राम्रो छैन। खाद्यान्न जस्तो अपरिहार्य वस्तुमा अर्को देशले प्रतिबन्द्ध लगाउँदा यहाँको आपूर्ति व्यवस्थापन कठिन बन्छ। यस्तो कठिन अवस्थालाई सरकारले सहज बनाएर नियन्त्रण तथा व्यवस्थापन गर्ने हो।’ 

सरकारले मूल्यवृद्धिको बारेमा राम्रो अध्ययन तथा अनुसन्धान नगर्दा अस्वभाविक रुपमा मूल्य बढ्ने उनी बताउँछन्। यस्तो बेलामा सामान भण्डारण गरेर राखेका व्यापारीले बजारमा पहिले कृत्रिम अभाव देखाउने र मूल्यवृद्धि गर्ने उनको बुझाइ छ। 

'वर्षभरि दु:ख गरेर चाडबाड राम्रोसँग मनाउँ, परिवारसँग बसेर मिठो मसिनो खाऔं भन्ने रहर सबैको हुन्छ। चाडबाडकै बेला मूल्यवृद्धिको पिरलोले हरेक वर्ष आमउपभोक्ता मारमा पर्ने गरेका छन्। आरामसँग चाडपर्व मनाउने वातावरण त बनाइदिनुपर्यो नि,' उनी भन्छन्।

चाडपर्वमा हुँने मूल्यवृद्धि नियन्त्रण गर्न सरकार के गरिरहेको छ?
अन्य वर्षजस्तो यस पटक कुनै पनि तयारी नगरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक होमनाथ भट्टराई बताउँछन्। ‘गत वर्षहरुको चाडपर्वमा जस्तो यो वर्ष समूह विभाजन गरेर अनुगमन गर्ने काम सुरु भएको छैन।  यसको प्रक्रिया अगाडि बढिरहेको छ। यसपालि पनि कसरी अनुगमन गर्ने भन्ने कुरा भइरहेको छ। तर हामीले गर्ने नियमित बजार अनुगमनको जुन पद्धति छ। त्यो निरन्तर देशभर नै गरिरहेका छौं। व्यवसायीको खरिद बिल र जारी बिल निरन्तर नै अनुगमन गरिरहेका छौं,’ निर्देशक भट्टराई भन्छन्। 

यसरी अनुगमन गर्दा भेटिएका अनुचित मुनाफा लिने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याइएको उनी बताउँछन्। भट्टराई भन्छन्, ‘अनुचित मुनाफा लिएर काम गर्ने व्यवसायीलाई कारबाही गरिरहेका छौं। गुण नियन्त्रण विभागले पनि आफ्नो क्षेत्रमा पर्ने अनुगमन गरिरहेको छ। नापतौल विभागले गर्ने अनुगमन पनि नियमित नै गरिरहेको छ। कहाँ, कसलाई, कति कारबाही गरियो भनेर विवरण पनि सार्वजनिक गरिरहेका छौं।’

अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित गरिरहेको अनुगमनले पनि चाडवार्ड लक्षित महँगी व्यवस्थापन गर्ने भट्टराईको बुझाइ छ। उनी भन्छन्, ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बिचौलियालाई बजारमा सक्रिय हुन नदिन के गर्न सकिन्छ भन्ने कुरामा विषेश ध्यान दिएर काम गरिरहेको छ। वाणिज्य विभागमा कुनै विज्ञ राखेर अनुसन्धानको काम भएको हुँदैन। विभागले आफ्नो अधिकारको क्षेत्रमा राम्रोसँग काम गरिहेको छ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्