• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चाडबाडमा महँगीको मार : सल्बलाउँदै कालाबजारी, छैन सरकारको चासो

जानकार भन्छन्- यसपालि झनै मूल्य बढ्छ
64x64
सुमित्रा कार्की शुक्रबार, भदौ ३१, २०७९  ११:०४
1140x725

काठमाडौं- जब चाडबाड सुरु हुन्छ, कालाबजारी सल्बलाउँछन्। र, महँगीले आकाश छुन्छ।

चाडबाडको मौका छोपेर व्यापारीले दाल, चामल, तेल, चिनी, तरकारी, माछा, मासु लगायत अतिआवश्यक खाद्यान्नमा आफूखुसी मूल्यवृद्धि गर्ने गरेका छन्।

प्रत्येक चाडबाडमा महँगीको मार खेप्दै आएका उपभोक्ताका लागि यस पटकको दशैं-तिहार झनै महँगो हुने आकलन जानकारहरुले गरेका छन्।

अर्थशास्त्री चन्द्रमणि अधिकारी भन्छन्, ‘विगत वर्षहरुभन्दा यस पटकको दशैं-तिहारमा महँगी अझ बढ्ने देखेको छु मैले।’

यस पटकको दशैंमा हवाई टिकटदेखि बस टिकटको मूल्य पनि अन्य वर्षकोभन्दा वृद्धि हुने उनले बताए। जसका कारण दशैँ मनाउन गाउँ फर्कनेदेखि सहरका उपभोक्ताले महँगीको मार खेप्नुपर्नेछ।

यस पटकको दशैं-तिहारमा महँगी बढ्नुको मुख्य तीन कारण देखेका छन् अर्थशास्त्री अधिकारीले। ‘यो वर्ष चाडपर्वको बेलामै भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ,' उनी भन्छन्, '१ जुन (१८ जेठ) देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हामीलाई थाहा नै छ। जसका कारण चिनीको मूल्य बढ्ने नै भयो।' 

भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी निर्यातमा कडाई गर्यो। यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

केही बिचौलियालाई भने यो कमाउने अवसर पनि बनेको अधिकाकरी बताउँछन्। उनी भन्छन्, ‘भारतले चिनी निर्यातमा रोक लगाउँदा नेपालमा भएको स्टक चिनी पनि लुकाएर कृतिम अभाव सिर्जना गर्दै मूल्यवृद्धि गरेर बेचिरहेको सुनिन्छ। यसले उपभोक्तालाई थप मार परेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको चाडपर्व महँगो बन्नुको अर्को कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि रहेको अधिकारीको बुझाइ छ। अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको भए पनि नेपालमा भने मूल्य घट्न सकेको छैन। जसले गर्दा अन्य सामानमा पनि महँगी बढिरहेको छ। 

चाडपर्वको बेलामा आवातजावतदेखि हरेक कुरामा पेट्रोलियम पदार्थ प्रयोग बढी हुन्छ। नुनदेखि सुनसम्म आयात हुने भएकाले ढुवानी गर्नुपर्ने सबै सामानको मूल्य बढ्ने अधिकारी बताउँछन्। उनी भन्छन्, ‘केही समययता बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको भार चाडपर्व नहुँदा पनि सर्वसाधारणले खेपिरहेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ठूलो असर पर्ने एउटा मुख्य क्षेत्र खाद्यान्न क्षेत्र हो। यसले चाडपर्वमा झनै प्रभाव पार्ने अवस्था देखिन्छ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण मानिसहरूले लगाउने लुगा-कपडाको मूल्य पनि बढ्ने उनको बुझाइ छ। अर्थशास्त्री अधिकारी भन्छन्, 'नेपालीहरुले चाडपर्वमा कपडा तथा कपडाजन्य वस्तुको खरिद धेरै गरिरहेका हुन्छन्। 

उनका अनुसार मूल्यवृद्धिको तेस्रो कारण भनेको भारतले केही दिनअघि मात्र कनिका चामल निर्यातमा प्रतिबन्ध लगाउनु र बासमती चामल बाहेक अन्य चामल निर्यातमा २० प्रतिशत शुल्क बढाउनु हो। अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारलाई हेर्ने हो भने कनिका रोकिँदा त्यसको प्रत्यक्ष असर मदिराजन्य उद्योगलाई पर्ने भए तापनि नेपालमा भने कुखुराको दाना लगायतका वस्तुमा प्रत्यक्ष प्रभाव देखिने छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतले बासमती बाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्सामा पर्ने भएको छ। यसले नेपालीको यो पटकको चाडपर्व पनि महँगिने देखिन्छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब १६ करोड रुपैयाँ बराबरको ५० लाख किलो कनिका आयात भएको छ। चामलमा नेपाल भारतमा निर्भर रहेकाले कर बढ्ने बित्तिकै मूल्य पनि बढ्छ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाका अनुसार २० प्रतिशत कर बढ्दा जिरा मसिनो चामलको मूल्य किलोमा १९ रुपैयाँ महँगिने छ। 

अचाक्ली मूल्यवृद्धि, नियन्त्रणमा छैन सरकारको चासो
अहिले बजारमा अचाक्ली मूल्यवृद्धि भइरहँदा पनि सरकारले कुनै चासो नदिएको उपभोक्ताहरु बताउँछन्। उपभोक्ताको एक स्वर छ, ‘सरकार छ तर, जनताले सरकार कस्तो छ भनेर अनुभव गर्न पाएका छैनन्। सामान्य सेवा-सुविधामा पनि सर्वसाधारणको लागि सरकार कतै देखिएको छैन।’

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमल्सिना भन्छन्, ‘सरकारले न महँगी नियन्त्रण गर्न सकेको छ न त सर्वसाधारणलाई खाध्यान्न उत्पादनको लागि समयमा मल नै दिन सक्छ।' सर्वसाधारणले उत्पादन गरेको खाद्यान्नको मूल्य समेत नपाउने गरेको उनको भनाइ छ।

सरकारमा रहेका व्यक्तिहरु नै बिचौलियासँग कमिसन खाएर महँगी नियन्त्रण गर्नुभन्दा बढाउनतर्फ लागेको धेरै उदाहरण भेटिएको उनको आरोप छ। 

सरकारले चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि सहुलियत पसल खोलेको छ। तर यस्ता पसल पनि सीमित व्यक्तिको पहुँच पुग्ने गरी मात्र सञ्चालन गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्। 

उनी भन्छन्, ‘अहिले तीन तहको सरकार छ। सहुलियत पसलहरु स्थानीय स्तरका उपभोक्तालाई लक्षित गरी स्थानीय सरकारहरुसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने हो। तर यहाँ त पहुँचवालालाई ध्यानमा राखेर यस्ता पसल खोलिएको देखिन्छ।' सरकारले महँगी नियन्त्रण गर्न कुनै चासो वा जिम्मेवारी नै नलिएको उनको बुझाइ छ।

‘मूल्य नियन्त्रण गर्न मूल्य व्यवस्थापन गर्नुपर्छ’
सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तथा कालोबजारीलाई गरिने कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको बुझाइ छ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमल्सिना भन्छन्, 'नेपाल आयातमा निर्भर छ। हामीसँग भण्डारण क्षमता पनि राम्रो छैन। खाद्यान्न जस्तो अपरिहार्य वस्तुमा अर्को देशले प्रतिबन्द्ध लगाउँदा यहाँको आपूर्ति व्यवस्थापन कठिन बन्छ। यस्तो कठिन अवस्थालाई सरकारले सहज बनाएर नियन्त्रण तथा व्यवस्थापन गर्ने हो।’ 

सरकारले मूल्यवृद्धिको बारेमा राम्रो अध्ययन तथा अनुसन्धान नगर्दा अस्वभाविक रुपमा मूल्य बढ्ने उनी बताउँछन्। यस्तो बेलामा सामान भण्डारण गरेर राखेका व्यापारीले बजारमा पहिले कृत्रिम अभाव देखाउने र मूल्यवृद्धि गर्ने उनको बुझाइ छ। 

'वर्षभरि दु:ख गरेर चाडबाड राम्रोसँग मनाउँ, परिवारसँग बसेर मिठो मसिनो खाऔं भन्ने रहर सबैको हुन्छ। चाडबाडकै बेला मूल्यवृद्धिको पिरलोले हरेक वर्ष आमउपभोक्ता मारमा पर्ने गरेका छन्। आरामसँग चाडपर्व मनाउने वातावरण त बनाइदिनुपर्यो नि,' उनी भन्छन्।

चाडपर्वमा हुँने मूल्यवृद्धि नियन्त्रण गर्न सरकार के गरिरहेको छ?
अन्य वर्षजस्तो यस पटक कुनै पनि तयारी नगरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक होमनाथ भट्टराई बताउँछन्। ‘गत वर्षहरुको चाडपर्वमा जस्तो यो वर्ष समूह विभाजन गरेर अनुगमन गर्ने काम सुरु भएको छैन।  यसको प्रक्रिया अगाडि बढिरहेको छ। यसपालि पनि कसरी अनुगमन गर्ने भन्ने कुरा भइरहेको छ। तर हामीले गर्ने नियमित बजार अनुगमनको जुन पद्धति छ। त्यो निरन्तर देशभर नै गरिरहेका छौं। व्यवसायीको खरिद बिल र जारी बिल निरन्तर नै अनुगमन गरिरहेका छौं,’ निर्देशक भट्टराई भन्छन्। 

यसरी अनुगमन गर्दा भेटिएका अनुचित मुनाफा लिने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याइएको उनी बताउँछन्। भट्टराई भन्छन्, ‘अनुचित मुनाफा लिएर काम गर्ने व्यवसायीलाई कारबाही गरिरहेका छौं। गुण नियन्त्रण विभागले पनि आफ्नो क्षेत्रमा पर्ने अनुगमन गरिरहेको छ। नापतौल विभागले गर्ने अनुगमन पनि नियमित नै गरिरहेको छ। कहाँ, कसलाई, कति कारबाही गरियो भनेर विवरण पनि सार्वजनिक गरिरहेका छौं।’

अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित गरिरहेको अनुगमनले पनि चाडवार्ड लक्षित महँगी व्यवस्थापन गर्ने भट्टराईको बुझाइ छ। उनी भन्छन्, ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बिचौलियालाई बजारमा सक्रिय हुन नदिन के गर्न सकिन्छ भन्ने कुरामा विषेश ध्यान दिएर काम गरिरहेको छ। वाणिज्य विभागमा कुनै विज्ञ राखेर अनुसन्धानको काम भएको हुँदैन। विभागले आफ्नो अधिकारको क्षेत्रमा राम्रोसँग काम गरिहेको छ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो उनले पार्टी र राज्यका निकायले गर्ने छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका हुन्। मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्