काठमाडौं– एभरेष्ट बैंकले काठमाडौं सुन्दरबस्ती भंगालमा नयाँ शाखा खोलेको छ। योसँगै एभरेष्टको शाखा ११९ पुगेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा ८का अध्यक्ष सुमन तामाङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले सो शाखाको उद्घाटन गरे।
कार्यक्रममा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्नभुषण चाकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरवकुमार, बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती सहभागी थिए।
पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापित बैंकको १२ लाख ग्राहक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।