काठमाडौंं– आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ। क्रिस्टल डाइग्नोस्टिकमा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ।
दसैं–तिहार चाडको अवसर पारी गरिएको यस सम्झौतापछि आइएमई पे प्रयोगकर्ताले सिनामंगलमा रहेको क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन्।
तीन महिनासम्म सञ्चालनमा रहने यो योजनाका ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्टर अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा उक्त छुट प्राप्त गर्न सकिने आईएमईले जनाएको छ।
‘आइएमई पे’ मोबाईल वालेट एप आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित एक विद्युतीय भुक्तानी सेवा साथै आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादनहो।
यो नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।