• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कृषि विकास बैंकको ४ करोड घोटाला प्रकरण : पूर्वजर्नेललाई ४ र 'टेलर सहायक' लाई ८ वर्ष कैद

64x64
नारायण अधिकारी मंगलबार, भदौ २८, २०७९  १४:०४
1140x725

काठमाडौं– कृषि विकास बैंकको चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी (एकतारे जर्नेल) र 'टेलर सहायक' लाई सजाय निर्धारण गरिएको छ।

पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको 'टेलर सहायक' दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार नारदप्रसाद भट्टराईले नेपाल लाइभलाई जानकारी दिए।

विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो। सोमबार भने उनीहरुलाई सजाय निर्धारण भएको हो।

जसअनुसार पूर्वजर्नेल विष्टलाई ४ वर्ष र 'टेलर सहायक' तथा पूर्वजर्नेलकै प्रेमिका रेग्मीलाई ८ वर्ष कैद सजाय तोकिएको हो। योसँगै उनीहरुलाई जरिवाना समेत सुनाइएको छ। टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना सुनाइएको छ। पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको उपरजिष्ट्रार भट्टराईले बताए।

बिगोको हकमा भने उनीहरुविरुद्ध उच्च अदालत पाटनमा यही मुद्दासँग सम्बन्धित बैंकिङ कसूरको मुद्दा चलेकाले विशेष अदालतले बिगोको ठहर गरेको छैन।  एउटै केशमा दुई ठाउँबाट बिगो भराउन नमिल्ने भएकाले बिगोको बारेमा सजाय निर्धारण नभएको भट्टराईले बताए।

यो पनि पढ्नुहोस

कृषि विकास बैंकको ४ करोड हिनामिना प्रकरण : पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मी दोषी ठहर

बैंकिङ कसुर मुद्दामा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो। पूर्वजर्नेल विष्टलाई ३१ लाख ६८ हजार ८६४ रुपैयाँ बिगो, घतानीलाई २७ लाख २१ हजार बिगो र रेग्मीलाई ३ करोड ६५ लाख २३ हजार ७४७ रुपैयाँ बिगो हुने फैसला सुनाइसकेको थियो। अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो।

पदीय विश्वासको दुरुपयोग गरी नियोजित रुपमा कसुर गरेको भन्दै रेग्मीलाई ५ वर्ष कैद, बिगो र सो बमोजिमको जरिवाना हुने, पूर्वजर्नेलले रेग्मीले हिनामिना गरेको रकम लुकाउन सहयोग गरेको भन्दै बिगोसँगै २ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। अर्का प्रतिवादीलाई पनि बिगो बमोजिमको जरिवाना र २ वर्ष कैद हुने सजाय निर्धारण गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका संचालक  घतानी गरी ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता भएको थियो। राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको दाबी गरिएको थियो। 

यो पनि पढ्नुहोस

कृषि विकास बैंक हिनामिना प्रकरण : पूर्व सहायक रथीसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

यो प्रकरणमा बाँकी ६ जनालाई सफाइ दिँदै विशेष अदालतले भने पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मीलाई मात्रै दोषी ठहर गरेको थियो। रकम हिनामिनाको अनुसन्धानका टेलर सहायक रेग्मीले ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा हालेको भेटिएको थियो। टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टलाई ‘मामा’ भन्दै आएको खुलेको थियो। तर, उनीहरु मामा– भान्जी नभई प्रेमिप्रेमिका भएको खुलेको थियो। सोही आधारमा रेग्मीले हिनामिना गरेकोमध्ये ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा जम्मा गरेको खुलेको थियो। सोही अनुसार पूर्वजर्नेललाई जरिवानाको सजाय निर्धारण गरिएको हो।

चार करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि सेनाले पूर्वजर्नेल विष्टलाई हिरासतमा लिएर अनुसन्धान नै सुरु गरेको थियो। उनीहरु दुवै जना यसअघि पुर्पक्षका लागि कारागार चलान भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरूले हिनामिना गरेको रकम गहना किनेर र विदेश घुमेरै सिध्याएको अनुसन्धानबाट खुलेको थियो। दीपिकाको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। त्यसपछि गहना बेच्ने बालाजुका सुन पसल सञ्चालक घतानीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस

बैंकिङ कसुर प्रकरण : ‘प्रेमिका’लाई सघाउने सेनाका जर्नेल जेल चलान

सैनिक सम्मिलित भ्रष्टाचार र बैंकिङ कसुरको मुद्दा विशेष र उच्च अदालतबाट
बहालवाला सैनिक अधिकारीविरुद्ध बैंकिङ कसुर र भ्रष्टाचारमा मुद्दा चलेको यो पहिलो घटना हो। बहालवाला कर्मचारी संलग्न भएका गम्भीर अपराधबाहेक अन्य अपराधमा सैनिक अदालतले नै सजाय तोक्ने प्रावधान छ। तर, सैनिक ऐनमा बैंकिङ कसुर मुद्दाका हकमा प्रष्ट उल्लेख छैन। जसका कारण कसले मुद्दा हेर्ने भन्ने अन्योल थियो। 

छलफलपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। त्यसपछि अदालतमा उपस्थित भएका विष्टलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको थियो। त्यस्तै, अख्तियारबाट भ्रष्टाचार मुद्दा चलाइएका विष्ट पहिलो सैनिक अधिकारी हुन्।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्