• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कृषि विकास बैंकको ४ करोड घोटाला प्रकरण : पूर्वजर्नेललाई ४ र 'टेलर सहायक' लाई ८ वर्ष कैद

64x64
नारायण अधिकारी मंगलबार, भदौ २८, २०७९  १४:०४
1140x725

काठमाडौं– कृषि विकास बैंकको चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी (एकतारे जर्नेल) र 'टेलर सहायक' लाई सजाय निर्धारण गरिएको छ।

पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको 'टेलर सहायक' दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार नारदप्रसाद भट्टराईले नेपाल लाइभलाई जानकारी दिए।

विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो। सोमबार भने उनीहरुलाई सजाय निर्धारण भएको हो।

जसअनुसार पूर्वजर्नेल विष्टलाई ४ वर्ष र 'टेलर सहायक' तथा पूर्वजर्नेलकै प्रेमिका रेग्मीलाई ८ वर्ष कैद सजाय तोकिएको हो। योसँगै उनीहरुलाई जरिवाना समेत सुनाइएको छ। टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना सुनाइएको छ। पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको उपरजिष्ट्रार भट्टराईले बताए।

बिगोको हकमा भने उनीहरुविरुद्ध उच्च अदालत पाटनमा यही मुद्दासँग सम्बन्धित बैंकिङ कसूरको मुद्दा चलेकाले विशेष अदालतले बिगोको ठहर गरेको छैन।  एउटै केशमा दुई ठाउँबाट बिगो भराउन नमिल्ने भएकाले बिगोको बारेमा सजाय निर्धारण नभएको भट्टराईले बताए।

यो पनि पढ्नुहोस

कृषि विकास बैंकको ४ करोड हिनामिना प्रकरण : पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मी दोषी ठहर

बैंकिङ कसुर मुद्दामा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो। पूर्वजर्नेल विष्टलाई ३१ लाख ६८ हजार ८६४ रुपैयाँ बिगो, घतानीलाई २७ लाख २१ हजार बिगो र रेग्मीलाई ३ करोड ६५ लाख २३ हजार ७४७ रुपैयाँ बिगो हुने फैसला सुनाइसकेको थियो। अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो।

पदीय विश्वासको दुरुपयोग गरी नियोजित रुपमा कसुर गरेको भन्दै रेग्मीलाई ५ वर्ष कैद, बिगो र सो बमोजिमको जरिवाना हुने, पूर्वजर्नेलले रेग्मीले हिनामिना गरेको रकम लुकाउन सहयोग गरेको भन्दै बिगोसँगै २ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। अर्का प्रतिवादीलाई पनि बिगो बमोजिमको जरिवाना र २ वर्ष कैद हुने सजाय निर्धारण गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका संचालक  घतानी गरी ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता भएको थियो। राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको दाबी गरिएको थियो। 

यो पनि पढ्नुहोस

कृषि विकास बैंक हिनामिना प्रकरण : पूर्व सहायक रथीसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

यो प्रकरणमा बाँकी ६ जनालाई सफाइ दिँदै विशेष अदालतले भने पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मीलाई मात्रै दोषी ठहर गरेको थियो। रकम हिनामिनाको अनुसन्धानका टेलर सहायक रेग्मीले ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा हालेको भेटिएको थियो। टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टलाई ‘मामा’ भन्दै आएको खुलेको थियो। तर, उनीहरु मामा– भान्जी नभई प्रेमिप्रेमिका भएको खुलेको थियो। सोही आधारमा रेग्मीले हिनामिना गरेकोमध्ये ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा जम्मा गरेको खुलेको थियो। सोही अनुसार पूर्वजर्नेललाई जरिवानाको सजाय निर्धारण गरिएको हो।

चार करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि सेनाले पूर्वजर्नेल विष्टलाई हिरासतमा लिएर अनुसन्धान नै सुरु गरेको थियो। उनीहरु दुवै जना यसअघि पुर्पक्षका लागि कारागार चलान भएका थिए।

उनीहरूले हिनामिना गरेको रकम गहना किनेर र विदेश घुमेरै सिध्याएको अनुसन्धानबाट खुलेको थियो। दीपिकाको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। त्यसपछि गहना बेच्ने बालाजुका सुन पसल सञ्चालक घतानीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस

बैंकिङ कसुर प्रकरण : ‘प्रेमिका’लाई सघाउने सेनाका जर्नेल जेल चलान

सैनिक सम्मिलित भ्रष्टाचार र बैंकिङ कसुरको मुद्दा विशेष र उच्च अदालतबाट
बहालवाला सैनिक अधिकारीविरुद्ध बैंकिङ कसुर र भ्रष्टाचारमा मुद्दा चलेको यो पहिलो घटना हो। बहालवाला कर्मचारी संलग्न भएका गम्भीर अपराधबाहेक अन्य अपराधमा सैनिक अदालतले नै सजाय तोक्ने प्रावधान छ। तर, सैनिक ऐनमा बैंकिङ कसुर मुद्दाका हकमा प्रष्ट उल्लेख छैन। जसका कारण कसले मुद्दा हेर्ने भन्ने अन्योल थियो। 

छलफलपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। त्यसपछि अदालतमा उपस्थित भएका विष्टलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको थियो। त्यस्तै, अख्तियारबाट भ्रष्टाचार मुद्दा चलाइएका विष्ट पहिलो सैनिक अधिकारी हुन्।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल बुधबार, भदौ १०, २०८३
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए , १४ कर्मचारीको अवस्था अझै अज्ञात बुधबार, भदौ १०, २०८३
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्