काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले बैंकका टेलर सहायक दीपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी मुद्दा दायर गरेको हो।
यसैगरी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकासप्राप्त सहायक रथी रमेशराज विष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीसमेत सो मुद्दामा तानिएका छन्।
उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोप अख्तियारको आरोपपत्रमा उल्लेख छ।
राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको अख्तियारको ठहर छ।
सो प्रकरणमा बैंककी टेलर दीपिकालगायतलाई अख्तियारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।