काठमाडौं– बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।
यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ।
लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह 'बी' मा रहेको नेपाल समूहको पुछारमा छ।
यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो।
अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।