काठमाडौं– विजया दशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘दमदार दसैँ धमाका’ थ्रीडी अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिनेछ । एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनैपनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।
साथै एससिटी–यूपीआई डेबिट कार्डमार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफरमार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने जनाइएको छ । एक हजार ५ सय बराबर को पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यासब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबैएससिटी–यूपीआईडेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर असोज महिनाभरि लागू हुनुका साथै अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।