• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या : झोलाको फोटोबाट खुल्यो रहस्य, मोबाइलले दियो ‘क्लु’

64x64
नारायण अधिकारी सोमबार, भदौ २७, २०७९  १९:४२
1140x725

काठमाडौं– ललितपुरको फुलचोकीको जंगलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ। श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोखलाको भीमेश्वर नगरपालिका–९ घर भइ ललितपुर हरिसिद्धी बस्दै आएका ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ। 

उनले आफ्नी श्रीमती ४७ वर्षीया रुपा क्षेत्रीको हत्या गरेको परिसर ललितपुरका प्रमुख तथा एसएसएपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

आइतबार दिउँसो साढे १२ बजेतिर फुलचोकी जंगलमा एक महिलाको शव भेटिएको भन्दै  प्रहरीलाई खबर आएको थियो। त्यसपछि घटनास्थल पुगेको स्थानीय प्रहरी युनिटले घटना शंकास्पद भएको भन्दै तालुक कार्यालयमा खबर गरेपछि परिसरबाट डीएसपीको कमाण्डमा टोली खटिएर अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा क्षेत्रीको हत्यामा उनकै श्रीमान लामाको संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार बिहान ८ बजे युनपार्क नजिकबाट उनलाई पक्राउ गरेको हो। 

मोबाइलले दियो ‘क्लु’
शव भेटिएको जानकारी आएपछि फरेन्सिक विज्ञसहित परिसरबाट डीएसपी दीपक भारतीको टोली घटनास्थल गोदावरी नगरपालिका–३ फुलचोकी पुगेको थियो। अनुहारको भाग कंकालको रुपमा परिणत भइसकेकाले मृतकको पहिचान खुल्न सक्ने अवस्था थिएन। 

Deadbody Rupa chhetri pic1662993432.jpg

अन्य भाग पनि सडिसकेको अवस्थामा शव भेटिएको थियो। शव अर्धनग्न घोप्टो अवस्थामा भेटिएको थियो। कंकालको घाँटीको भागमा नाइलनको डोरी कसिएको थियो। प्रहरी घटनास्थल पुग्दा मृतक महिलाको नाडीमा लगाएको घडी समेत चालु अवस्थामा थियो। 

तर, मृतक को हुन् भन्ने पहिचान प्रहरीले गर्न सकेको थिएन। सडिसकेको लास नजिकै प्रहरीले एउटा महत्त्वपूर्ण ‘क्लु’ भेट्टायो मोबाइल। उक्त मोबाइलकै आधारमा मृतक महिलाको पहिचान भयो– रुपा क्षेत्री। सडिसकेको लास भेटिएपछि परिसरको टोलीले कतै प्रहरीमा जाहेरी आएको छ/छैन भनेर बुझेको थियो। तर, कतै पनि जाहेरी आएको पाइएन। त्यसपछि प्रहरी मृतकको आफन्तसम्म पुग्यो। 

SSP-Yagyabinod-Pokharel1662990784.jpg
घटनाका आरोपी सार्वजनिक गर्ने क्रममा ललिपुर प्रहरी प्रमुख, एसएसपी यज्ञविनोद पोखरेल।

झोलाको फोटोबाट खुल्यो रहस्य
मोबाइल बरामद भएपछि प्रहरीले मृतकको पहिचान गरिसकेको थियो। तर, हत्यारा को हुन् भन्ने पत्ता लगाउन सकेको थिएन। क्राइम सिनमै भएको महिलाको झोला खानतलासी गरेर हेर्दा निलो भेष्ट लगाएको एक पुरुषको पासपोर्ट साइजको फोटो प्रहरीले फेला पारेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि फोटोमा देखिएका पुरुष र मोबाइलमार्फत् उनका श्रीमानको खोजी गर्नेतर्फ प्रहरी लागेको थियो। ‘विभिन्न प्राविधिक र म्यानुअल अनुसन्धानबाट हामी मतृकको श्रीमानसम्म पुग्यौं’ परिसरका प्रवक्ता एसपी सुधीरराज शाहीले भने।

आइतबार लास भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले २४ घण्टा नबित्दै मृतकका श्रीमान घ्याल्मोसम्म पुगेर सोमबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो। मृतक महिलाको झोलामा भएको फोटो उनकै श्रीमान घ्ल्यामोको भएको पनि पुष्टि भयो। प्रहरीले पक्राउ गरेपछि घ्याल्मोले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेको एसएसपी पोरखेलले बताए।

Ghyalmo-lama1662991027.jpg
हत्या आरोपी घ्याल्मो लामा।

ज्यामी काम गर्दा चिनजान, रक्सी विवादपछि हत्या
प्रहरी अनुसन्धान अनुसार रुपा घ्याल्मोको तेस्रो श्रीमती हुन्। पहिलो श्रीमती लालमाया तामाङको १२ वर्ष अघि नै मृत्यु भएको थियो। पहिलो श्रीमतीबाट २ छोरी र १ छोरा छन्। 

पहिलो श्रीमतीको मृत्यु भएपछि आइतमाया तामाङलाई दोस्रो श्रीमतीको रुपमा घ्याल्मोले भित्र्याएका थिए। दोलखा बस्दै आएकी आइतमायातर्फ २ छोरा छन्। 

हाल हत्या गरिएकी रुपासँग भने ७ वर्षअघि ज्यामी काम गर्ने क्रममा घ्याल्मोको चिनजान भएपछि विवाह भएको थियो। उनीतर्फका भने छोराछोरी छैनन्।

विवाह गरेदेखि नै रुपासँग नराम्रो सम्बन्ध भएको घ्याल्मोले प्रहरीसमक्ष बयान दिएका छन्। श्रीमती रुपा दिनहुँ रक्सी पिएर आफूलाई कुट्ने गरेको घ्याल्माले बताएका छन्।

रक्सी पिउनाले १५/१६ दिनसम्म घरमा समेत नआउने, आएको बेलामा पनि निहुँ खोज्ने र कुटपिट गर्ने गरेको घ्याल्मोको दाबी छ। 

भदौ १६ गते रक्सी खाएर श्रीमतीले झगडा गरेपछि आफू डेराबाट निस्केर हिँडेको उनले प्रहरीसमक्ष बताएका छन्। श्रीमती पनि आफ्नै पछि लागेर आएको र माइक्रो चढेर गोदावरीसम्म पुगेको, त्यसपछि हिँडेर फुच्चोकी डाँडामा पुगेपछि हत्या गरेको घ्याल्मोले बताएको प्रहरीले जनाएको छ।

Rupa-kshetri1662990983.jpg
हत्या गरिएकी रुपा क्षेत्री।

झण्डाको डोरीले घाँटी कसेर हत्या
मृतकको घाँटीमा नाइलनको डोरी कसिएको अवस्थामा रहेको भन्दै प्रहरीको घटनास्थल मुचुल्कामा उल्लेख गरेको छ। उक्त डोरी भने पक्राउ परेका घ्याल्मोले फुलचोकीमै पाएको प्रहरीसमक्ष बताएका छन्। 

प्रहरीका अनुसार फुलचोकी डाँडामा पुगेपछि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। विवादको क्रममा ‘कि तँ मर कि म तँलाई मार्छु’ भन्नेसम्मको विवाद भएको पक्राउ परेका घ्याल्मोले बताएको प्रहरीको दाबी छ। 

त्यसपछि घ्याल्मोले नजिकै रहेको बौद्ध धर्मावलम्बीको झण्डामा बाँधिएको डोरी निकालेर घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको प्रहरीको दाबी छ। श्रीमतीको हत्या गरेपछि घ्याल्मो आफ्नी छोरीकोमा हरिसिद्धी बस्दै आएका थिए।

पक्राउ परेका घ्याल्मोलाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शव भने पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल बुधबार, भदौ १०, २०८३
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए , १४ कर्मचारीको अवस्था अझै अज्ञात बुधबार, भदौ १०, २०८३
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्