• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आचारसंहिता केही प्रावधानविरुद्ध दलहरू एकमत, लागू गर्न आयोगलाई चुनौती!

64x64
नेपाल लाइभ सोमबार, भदौ २७, २०७९  १८:३९
1140x725

काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको आचारसंहिताका केही प्रावधानको विपक्षमा दलहरू एकजुट भएका छन्। 

प्रमुख प्रतिपक्ष नेकपा एमालेदेखि सत्ता गठबन्धनमा रहेका दलहरुले एकै स्वरले विरोध जनाएका छन्। सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले आचारसंहिताको व्यवस्था सच्चाउन माग गरेका छन्। मन्त्री र प्रधानमन्त्रीले निर्वाचनको प्रचारमा जान नपाउने व्यवस्थाको विपक्षमा उनी एकजुट भएका हुन्। 

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पनि यो व्यवस्था सच्याउन माग गरे। 

निर्वाचन आयोगले यसअघि आयोगमै बोलाएर दलहरुसँग आचारसंहिताका बारेमा छलफल गरेको थियो। उक्त छलफलमा आयोगले यी व्यवस्था राख्न प्रस्ताव गरेको थियो। तत्कालीन समयमा पनि दलहरुले केही प्रावधानमा विरोध गरेका थिए भने केहीमा सहमति जनाएका थिए। 

दलहरुसँगको छलफलपछि नै आयोगले आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। निर्वाचन आयोगले बनाएको आचारसंहिता भदौ १३ गते राजपत्रमा प्रकाशित भएको थियो। आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई आफ्नो बाहेक अरुको क्षेत्रमा प्रचारमा रोक लगाउने उल्लेख छ। 

प्रधानमन्त्री, बहालवाला मन्त्री र स्थानीय तहका जनप्रतिनिधि चुनावी प्रचारमा खटिँदा त्यसले ‘प्रभाव’ पार्ने भन्दै आयोगले यस्तो व्यवस्था प्रभाव गरेको हो। 

यो पनि पढ्नुहोस

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रस्तावित आचारसंहिता: प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा रोक!

संघीय तथा प्रदेश सरकारका प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो उम्मेदवारी रहेको बाहेक अरु निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचार गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ।  राजपत्रमा आचारसंहिता प्रकाशित हुँदा मौन रहेका दलहरु लागू हुने समयमा विरोधमा एक ठाउँमा उभिएका छन्। 

प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पनि खुलेर नै आयोगको आचारसंहिताको विरोध गरे। उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिता संसदीय लोकतान्त्रिक प्रणालीको विरुद्ध रहेको टिप्पणी गरे। उनले दलहरुले नराख्न सुझाव दिँदादिँदै पनि आयोगले राखेको भन्दै अब पालना गराउन चुनौती पनि दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘आयोगलाई प्रधानमन्त्री र मन्त्रीहरूले चुनावमा प्रचार गर्न नपाउने भन्ने व्यवस्था आचारसंहितामा नराख्न भन्दाभन्दै पनि राखियो’, उनले भने, ‘त्यसलाई कडाइका साथ पालना गराउने काम आयोगले गरोस्।’ 

‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनेर आचारसंहितामा लेख्नु भएको छ’ नेम्वाङले थपे, ‘सरकारी संयन्त्र  दुरुपयोग गर्न हुन्न भन्ने त विवाद भएन। प्रमुख आयुक्तज्यू, हाम्रो चाहिँ प्रष्ट अडान यो हो। अहिलेको संसदीय चुनावमा प्रधानमन्त्रीले त सरकारी खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ। तर, प्रधानमन्त्रीले आफ्नो सरकारको डिफन्स गरेर हिँडनु पर्छ। अनि, त्यो प्रधानमन्त्रीले प्रचारप्रचार गर्न नपाउने? भनेको त यो संसदीय मूल्य र मान्यता अनुरुप भएन भन्ने हाम्रो ठम्याइ हो।’  

आचारसंहितामा आइसकेपछि चाहिँ प्रधानमन्त्री, मन्त्रीहरुले कडाइका साथ पालना गर्नुपर्छ भन्नेमा एमाले रहेको उनले बताए।  

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरे। 
बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन भने। 

राजनीतिक नेतृत्व नै मन्त्री हुने र उनीहरु नै उम्मेदवार तथा दलको प्रचारमा हिँड्ने व्यक्ति हुने भएकाले यो पालनाभन्दा धेरै उल्लंघन हुने उनको दाबी छ। 

‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने। त्यही प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाहिँ चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्यत्र नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन’, उनले भने, ‘यो उपयुक्त छैन। अनुगमन कहाँ गर्नुपर्छ भने राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन? त्यहाँ अनुगमन गर्न जरुरी छ। तर, मन्त्रीले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र?’  

नेपाली काग्रेसका सांसद बन्द्री पाण्डेले पनि आफूहरुले आयोगमा भएको छलफलमै यो नराख्न भनेको तर, आयोगले आफूखुशी राखेकाले यसलाई हटाउनुपर्ने माग गरे। 

तर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने आचारसंहिता लागू गराएरै छाड्ने बताए। 

उनले आयोगले पालना गराउन सक्ने व्यवस्थाहरु समावेश गरेर नै आचारसंहिता जारी गरेको दोहोराए। आचारसंहिता पालना गर्ने दायित्व दलहरुको र सरकारको पनि भएकाले उनीहरुपनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

क्षेत्र अनुसार खर्चको सीमा तोकिने 
प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतको भन्दा यो निर्वाचनमा फरक अभ्यास गर्न लागिएको बताए। निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा चुनावमा निर्वाचन क्षेत्र अनुसार खर्चको सीमा तोक्ने बताए।

त्यही सीमाभित्र मात्र रहेर खर्च गर्न पाइने उनले बताए। समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न आधार तयार गरेर निर्वाचन क्षेत्र अनुसार खर्च तोक्ने तयारी आयोगले गरिरहेका उनले बताए। 

‘निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्नेगरी खाका तयार गरिराखेका छौं। यसपटकको निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले गर्न सक्ने खर्चको सीमा फरक हुन सक्छ,’, थपलियाले भने ‘ सीमाअनुसार उम्मेदवारले खर्च गरे÷नगरेकोबारे आयोगले प्रभावकारी रूपमा निरीक्षण तथा अनुगमन गर्ने छ।’ 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त?
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्