• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा

64x64
नेपाल लाइभ शुक्रबार, माघ ११, २०८१  २१:४३
1140x725
मनिष सुबेदी, जनस्वास्थ्यकर्मी

काठमाडौं– जनस्वास्थ्यको क्षेत्रमा उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी)को प्रभाव निकै गहिरो छ। नेपाल जस्तो विकासशील देशमा यी रोगहरूले आर्थिक, सामाजिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। आउँदै गरेको विश्व एनटीडी दिवस (३० जनवरी)लाई मध्यनजर गर्दै, कुष्ठरोग र हात्तीपाइले (लिम्फेटिक फाइलेरिया) जस्ता रोगले जनजीवनमा पारेको असर बारे चर्चा गर्नु अत्यन्तै जरुरी छ। यस सन्दर्भमा स्वास्थ्य बीमा जस्ता प्रभावकारी योजनाको महत्त्व देखिन्छ।

मोरङकी अनितादेवि महतो (नाम परिवर्तन) ले २० वर्षदेखि कुष्ठरोगको पीडा सहेर बिताइन्। समयमा उपचार पाइनन्, जसका कारण उनको मानसिक स्वास्थ्य बिग्रियो। झापाकी अनिता बोहरा (नाम परिवर्तन)को जस्तै, आर्थिक अभावले गर्दा आवश्यक औषधि र उपचार पाउन नसक्नुले जीवनलाई झनै कठिन बनायो।

यस्तै, मोरङका मोहनलाल गनगाई (नाम परिवर्तन) र झापाकी भगिता मार्दी (नाम परिवर्तन) हात्तीपाइलेका पीडित हुन्। यी रोगसँग लड्नका लागि उनीहरूले जमीन बेच्नुपरेको कथा हामी सबैका लागि आँखा खोल्ने विषय हो।

स्वास्थ्य बीमाको आवश्यकता किन ?

नेपाल सरकारले कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरे पनि यो सुविधा औषधि सेवन गर्ने अवधि भित्र मात्र सीमित छ। उपचारपछि हुने जटिलताहरूका लागि सरकारको कुनै स्पष्ट प्रावधान छैन। उता, हात्तीपाइलेबाट प्रभावित व्यक्तिहरूका लागि निःशुल्क बीमाको सुविधा नै छैन। यी रोगहरू दीर्घकालीन जटिलता निम्त्याउने भएकाले निरन्तर चिकित्सा हेरचाह आवश्यक हुन्छ। निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएमा प्रभावित व्यक्तिहरूलाई उपचारमा सहजता हुने थियो। यो उपायले उपचारका लागि आवश्यक औषधि, अपांगताको व्यवस्थापन, र पुनर्स्थापनामा मद्दत पुर्याउँछ।
 
कुष्ठरोग र हात्तीपाइलेबाट प्रभावित व्यक्तिहरूको दीर्घकालिन गम्भीर अवस्थाका लागि निरन्तर चिकित्सा हेरचाहको आवश्यकता पर्ने हुँदा आर्थिक रूपमा ठूलो बोझ थपिन्छ। निःशुल्क स्वास्थ्य बीमाले यस आर्थिक भारलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसले प्रभावित व्यक्तिहरूलाई आवश्यक उपचार र औषधिको खर्च व्यवस्थापन गर्न सहयोग पुर्याेउँछ। विशेषगरी, हात्तीपाइले(लिम्फेटिक फाइलेरिया)बाट प्रभावित कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच सीमित समुदायका मानिसहरूका लागि यो अत्यन्त लाभदायक हुनेछ।

Ncell 2
Ncell 2

यदि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरियो भने, यस्ता समूहले समयमा नै उचित चिकित्सा सेवा पाउने सुनिश्चितता साथै यो रोगको प्रभावकारी व्यवस्थापन र जटिलताहरूको रोकथामका लागि सहज हुने थियो।
त्यस्तै, ग्रेड-II अपांगता भएका कुष्ठरोगीहरू र हात्तीपाइले (लिम्फेटिक फाइलेरिया) प्रभावित व्यक्तिहरूलाई शारीरिक अपांगताको श्रेणीमा समावेश गरी अपांगता कार्ड प्रदान गर्न पनि जरुरी देखिन्छ। यसले उनीहरूको स्वास्थ्य र सामाजिक सुरक्षा सेवामा पहुँच सुनिश्चित गर्नुका साथै उपचार र पुनर्स्थापनाको प्रक्रियामा थप सहयोग पुर्याउँछ।

कुष्ठरोग र हात्तीपाइले जस्ता रोगहरूको उन्मूलन गर्न दिगो विकास लक्ष्य हासिल गर्न नेपालका लागि अत्यन्त महत्वपूर्ण छ। यसका लागि प्रभावकारी स्वास्थ्य नीति, निःशुल्क स्वास्थ्य बीमा, सामाजिक सुरक्षाका कार्यक्रम, र समुदायको सशक्तीकरणमा ध्यान दिन आवश्यक देखिन्छ। दिगो विकास लक्ष्य प्रति प्रतिबद्धता जनाउँदै, नेपालले यी रोगहरूसँग जुध्ने सामूहिक प्रयासलाई अगाडि बढाउन आवश्यक छ।

कुष्ठरोग र हात्तीपाइलेले जनजीवनमा पारेको असर गम्भीर छ। तर, यो केवल स्वास्थ्य सेवा नभई, सामाजिक न्याय र मानवताको लागि गरिने ठुलो योगदान हुनेछ।नेपाल सरकार (तिन तहको सरकार), स्वास्थ्य बीमा बोर्ड, र सरोकार निकायले एकीकृत रूपमा काम गर्दै पीडितहरूको जीवनस्तर सुधारमा सहकार्य गर्न जरुरी छ र सकारात्मक परिवर्तनको यो यात्रा हरेक नागरिकको सहकार्यबाट मात्रै सम्भव छ।

आउनुहोस्, कुष्ठरोग र हात्तीपाइलेको अन्त्यतर्फ सामूहिक कदम चालेर समाजलाई स्वास्थ्य र समृद्ध बनाउँ।

(उनी फेयरमेड नेपालमा कार्यरत छन्)

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्