काठमाडौं– आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि युरोप रिजनल क्वालिफायरबाट २ टिमको टुंगो लागेको छ ।
शुक्रबार युरोप रिजनल अन्तर्गत पाँच देश सहभागी प्रतियोगिता पनि सकिएको छ । एसोशियट्स तर्फ युरोपबाट नेदरल्यान्ड्स र इटाली विश्वकपमा छनोट भएका छन् ।
टी–२० विश्वकपमा इटाली पहिलोपटक छनोट भएको हो । स्कटल्यान्ड्सलाई हराएर सनसनी मच्चाएको इटाली अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि अंक तालिकामा दोस्रो हुँदै छनोट भएको हो ।
यस्तै शुक्रबार नै स्कटल्यान्डलाई हराएर न्यू जर्सी भने इटाली बराबर पाँच अंक नै नभए पनि नेटरनरेटले पछि भएका कारण विश्वकपबाट बाहिरियो । स्कटल्यान्ड भने अंक तालिकामा चौथो रहँदै विश्वकपबाटै बाहिरियो ।
विश्व वरीयतामा ३२औं स्थानमा रहेको इटालीले सन् २०१९ मा पहिलोपटक टी–२० विश्वकप छनोट खेल खेलेको थियो। तर तीन संस्करणसम्म तेस्रो स्थानमै सीमित रहँदै आएको इटाली यसपटक दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो ।
यस्तै आज नेदरल्यान्ड्सका लागि भने दबाबपूर्ण खेल थियो । यदि इटालीसँग हारेको भए नेदरल्यान्ड्स पनि विश्वकपमा छनोट हुने थिएन । नेदरल्यान्ड्सको ४ अंक मात्र थियो । पराजित भएमा पाँच अंकका साथ न्यू जर्सी विश्वकपमा जाने थियो ।
पहिला ब्याटिङ गर्दै इटालीले १३५ रनको मध्यम लक्ष्य दिएको थियो । जुन नेदरल्यान्ड्सले १६ दशमलव २ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो र शीर्ष रहँदै विश्वकपमा छनोट भयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।