काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडेको बताए ।
पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो ।
जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका 'श्री ५' उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।