काठमाडौं – परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको विवरण सार्वजनिक गरेको छ।
उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो।
मृतकहरूमा कैलालीका २, अछामका ४ र बाँकेका १ जना छन्।
दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ।
मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।