काठमाडौं– पन्ध्र वर्षीय नेपाली शास्वोत रानाले च्याम्पिएन्स लीग टिम एफसी कोपनहेगनबाट तीन वर्षको प्रोफेसनल कन्ट्रयाकट हात पारेका छन्। उनले २०२२ देखि २०२५ सम्म अन्डर १७-अन्डर १९ को लागि कन्ट्रयाकट पाएका हुन्।
एफसी कोपनहेगन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनककाअनुसार शास्वोतलाई १९ वर्ष सम्म एफसी कोपनहेगनको सिनियर टिमबाट खेलाउने हिसाबले यो कन्ट्रयाकट दिइएको हो।
डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फुटबल खेल्न थालेका हुन्।
लेफ्ट विंग ब्याक शास्वोत केही महिनाअघि नेपाल ‘साफ अन्डर २०’ को क्लोज क्याम्प ट्रेनिङमा पनि सहभागी थिए। शास्वोतका बुवा विवेक राना नेपालका पूर्वकराते खेलाडी हुन् भने आमा सुशीला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै रेमिटेन्स चलाएर बसिरहेका छन्।
शास्वोत २०२० को यूथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन्। मौका पाए एक दिन नेपालको लागि खेल्ने इच्छा भएको शास्वोत बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।