काठमाडौं– स्पेनिस लिग ला लिगामा रियल मड्रिडले लगातार पाँचौ जित निकालेको छ। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबार राति भएको खेलमा मालोर्कालाई ४–१ गोलले हराउँदै लगातार पाँचौं जित निकालेको हो।
रियलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली मालोर्काले सुरुवाती अग्रता लिएको थियो । भेडाड मिरिक्युले ३५ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको थप गरिएको तेस्रो मिनेटमा फेड भाल्भर्देले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि ७२ औं मिनेटमा भिनिसियल जुनियर, ८९ औं मिनेटमा रोड्रिगो र अतिरिक्त समयमा एन्टेनियो रुडिगरले गोल गरेपछि रियल मड्रिडले ४–१ को जित निकालेको हो।
ला लिगामा रियल मड्रिडको यो लगातार पाँचौ जित हो । जितसँगै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ५ खेलबाट १३ अंकका साथ रियल शीर्ष स्थानमा रहँदा समान खेल खेलेको बार्सिलोनामा १३ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।