काठमाडौं– स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन्।
पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन्।
न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६-४,२-६,७-६ (७-१) र ६-३ को सेटमा जित निकाले ।
कार्लोसको यो पहिलो मुख्य उपाधि हो।
स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन्।
महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।