काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ। नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ।
समूह 'बी' को नेपालले १ खेलमा ३ अंक जोडेको छ। श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो। श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ। सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता छ। पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ।
यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ।
समूह 'ए' बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।