काठमाडौं– दशैं, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ।
काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन्। रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन्।
त्यस्तै, सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका छन्। उनीहरुले एक-एक सेट सामसङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन्।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा’ आधारित रही यस पटकको स्किम संचालन हुनेछ। अफर अनुसार विदेशबाट आइएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ। त्यस्तै, अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ। यही भदौ १६ गतेदेखि सुरु भएको अफर कार्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।