काठमाडौं– जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थ मुभर्स प्रालिले नेपालमा १०हजार जेसीबी मेसिन बिक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।
शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दीपक सेठीले एमएडब्लु अर्थ मुभर्सका प्रबन्धनिर्देशक तथा प्रमुखकार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजारौंं मेसिनको चाबी हस्तान्तरण गरे।
दस हजारौं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सिइओ सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नं. १ डिलर बन्न सफल भएको बताए।
उनले ग्राहक सुविधाका लागि कुनै पनिप्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए।
कालिका कन्स्ट्क्सनका प्रबन्ध निर्देशक पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।
नेपाली कन्स्ट्रक्सनतथा हेभी इक्विप्मेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लु जेसीबीले गुणस्तरीय र वल्र्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्वीललोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्विप्मेन्टहरुको बिक्री वितरण गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।