काठमाडौं– एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुपदिएको छ। नयाँ स्वरुपभएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ।
बैंकले नयाँ कार्डको अनावरण गरे संगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ। साथै बैंकको सो कार्ड एमओसीओ वालेट मालिङ्क गरेर पनि कारोबार गर्न सकिने बैंकले जनाएकाे छ।
बैंककाउच्चपदस्थअधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवातगर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्तालाई विभिन्न सुविधा थपिँदै लगिने बताए।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमाहालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्।
देशभर गरी ११८ शाखा संचालनमा छन्। बैंकले ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएम सहितविश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलन गर्न ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।