काठमाडौं– प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्नस म्झौता अनुसार प्रभु बैंकमा खाता खोलि बैंकिङ कारोबार गर्ने ग्राहकले डिश होम टीभी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकले प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट पाउनेछन्।
यस सम्झौताबाट बैंकका निक्षेपकर्ता तथा डिश मिडियाका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।