काठमाडौं– अर्किड इन्टरनेनल कलेज, सामाजिक कार्य संकाय र सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको अगुवाइमा बीएसडब्लु फुटसल प्रतियोगिता हुने भएको छ। यही भदौ द्दट गतेदेखि हुने प्रतियोगिता भदौ २९ गतेसम्म चल्नेछ।
बिजयचोक, गौशालास्थित आफ्नै मैदानमा हुने उक्त प्रतियोगितामा छात्र (पुरुष) तर्फबाट १६ टिम र महिला तर्फबाट ८ टिमकोे सहभागिता रहनेछ।
बीएसडब्लु विषय अध्यापन गराउने कलेज र सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको सहभागितामा हुने प्रतियोगिताको मूल उद्देश्य छरिएर रहेका विद्यार्थीहरुबीच एकै ठाउँमा समेटी समन्वय, सहकार्य र एकताको विस्तार सिर्जना गरी सामाजिक कार्यप्रति उत्प्रेरित गर्नु रहेको बताइएको छ।
जसले शैक्षिक गुणस्तरियताका लागि सहकार्य गर्न समेत प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ। कूल ४६ वटा खेलबाट प्रथम र द्वितीय हुनेले क्रमशः छात्र (पुरूष) टिमले ३० हजार र १० हजार पाउनेछन्।
छात्रा (महिला) तर्फबाट प्रथम हुने टिमले १० हजार रकम प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताले विषेश पुरस्कार प्राप्त गर्नेछन ।
सहभागी पुरुष टिमलाई चार समूह र महिला टिमलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार÷चार वटा टिम रहनेछन्। सुरु
मा प्रत्येक समूहमा राउन्ड रोबिनका आधारमा खेल हुनेछ। समूहका शीर्ष दुई स्थान हात पार्ने टिमले नकआउट चरणमा प्रवेश पाउने कार्यक्रम संयोजक अनुस सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।