काठमाडौं– नेपालीहरुको प्रमुख चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले रिचार्ज शुल्कमा छुटको योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना सञ्चालन गरिरहेको छ ।
डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरबाट फण्डट्रान्स्फरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’ अर्थात ‘भाग्यशाली बिजेता’ छनाैटमार्फत एकजना ग्राहकले एक लाख रुपैयाँसम्म जित्न सक्नेछन्।
हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडी, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानललगायत डिशहोम सोकेसमा ‘लक्की ड्र’ को प्रत्यक्ष प्रसारण हुनेछ ।
एक दशकदेखि स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।