काठमाडौं– राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन्। भदौ १८ गते सम्पन्न संस्थाको २२औं साधारणसभाले अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्षमा नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल वंशल चयन भएका छन्।
निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी गराएका थिए।
उक्त कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु सहभागी भएका थिए। साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।