काठमाडौं– मंगलबार राति भएको च्याम्पियन्स लिगमा पहिलो खेलमा हार व्यहोरेपछि इंग्लिस क्लब चेल्सीले प्रशिक्षक बर्खास्त गरेको छ।
कमजोर मानिएको टिम क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १–० को हार ब्यहोरोको केही घण्टापछि नै चेल्सीले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको हो। बुधबार चेल्सीले प्रेसनोट जारी गर्दै जर्मन प्रशिक्षक टुचेललाई बर्खास्त गरेको जानकारी गराएको हो।
टुचेलले दुई सिजन अघि चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। फ्रेन्च क्लबले बर्खास्त गरेपछि टुचेललाई चेल्सीले प्रशिक्षकको रुपमा भित्र्याएको थियो। चेल्सीमा भित्रिएको २० महिनापछि बर्खास्तमा परेका टुचेलले चेल्सीलाई च्याम्पियन्स लिगसहित ३ वटा उपाधि दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।