काठमाडौं– सनराइज बैंकले पाथीभरा मन्दिरलाई विभिन्न शीर्षकमा सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ।
आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका छन्।
भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरमा लाखौं भक्तजनहरु आउने र मन्दिर पुग्न करिब ५÷६ घण्टाको उकालो हिड्नुपर्ने क्षेत्रमा शौचालय निर्माण गरिएको छ।
साथै मन्दिर यात्राको क्रममा सामाजिक सूचना दिन सहजता ल्याउन बैंकले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तरण गरिएको हो। साथै मंगलबार नै बैंकले चारआली, मेचीनगर १३, झापामा समेत डिजिटल स्क्रोलिङ बोर्ड उपलब्ध गराएको छ।
कार्यक्रममा पाउपाथीभरा उत्तरगंगा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बैंकको सहयोगले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।