काठमाडौं– ‘हुण्डाइ फेस्टिभ डिलाइट-२०७८’ अफरको बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाइ फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो।
थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कन्ज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर छुटको व्यवस्था छ।
यसैगरी कुपन स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ‘ड्र’मार्फत १ जना बिजेतालाई हुन्डाई आई२० कार जित्ने मौका दिइएकाे थियाे।
अफरको विजेताको घोषणा हिमालय टीभीमा लक्की ‘ड्र’मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिमा कन्ज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेकी थिइन्।
अफरअन्तर्गत बम्पर लक्की ‘ड्र’अन्तर्गत कुपन नम्बर १४७०, काठमाडाैंका लोकेश बज्रचार्यले हुन्डाई आई२० हात पारेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ। ‘हुण्डाइ फेस्टिभ डिलाइट–२०७८’ योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो। सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागू गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।