काठमाडौं– गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको पर्वतारोहणमा परिचित नाम हो।
उनी पेशाले फोटो पत्रकारसमेत हुन्। उनले सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दामाथि उचाईमा रहेका ७ वटा हिमाल चढिसकेकी छन्।
अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उनको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ। यसै सन्दर्भमा सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु गरे। साथै श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।