• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

फर्निचर तथा फर्निसिङ एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुँदै

64x64
नेपाल लाइभ आइतबार, भदौ १९, २०७९  १८:५३
1140x725

काठमाडौं– आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ। 

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो। एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको छ। 

संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहनेछ,’ अध्यक्ष जोशीले भने।

भदौ २३ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ। एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश नि:शुल्क गरिएको उनले बताए। 

यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेसन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै, एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत् पनि नि:शुल्क प्रवेश पास पाउन सकिनेछ। प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन्। 

प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्स्पोले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ। 

‘नेपाली उत्पादनको प्रवर्द्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौं’, एक्स्पोका संयोजक ओम बस्नेतले भने।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ।  प्रदर्शनीमा फर्निचर फर्निसिङका नविनतम सामाग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने लक्ष्य आयोजकको छ। यसका अलावा फर्निचर फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने आयोजकको विश्वास छ। 

एक्स्पोलाई डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसिएसन नेपालको सहयोग रहेको छ। इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ। 

संघले सन् २०१२ देखि काठमाडौंको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फर्निसिङ सामाग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’को आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेफ सन्तोष साह पक्राउ
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्