काठमाडौं– नबिल बैंक र इ-कमर्स कम्पनी दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। नबिलले नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ।
दराज दशैं धमाकाको अवधिमा अनलाईन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ।
दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए। रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैंमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए। यस महोत्सवले दराज साथै नबिल कार्ड वाहक माझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।