पोखरा– एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारी प्रदेशसभाबाट चुनाव लड्ने आंकाक्षा देखिएका छन्। प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन्। हाल जापान भ्रमणमा रहेका अधिकारी नाम कार्यकर्ताहरुले प्रदेश सभामा टिपाएका हुन्।
प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक पुष्पराज सुवेदीले जानकारी दिए।
उनीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस भएको छ। अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ। अधिकारी अहिले संघीय सांसद छन्। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा विजयी हुँदै सांसद भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।