काठमाडौं– काठमाडौंमा पनि आज हर्षोल्लासका साथ गौरा पर्व मनाएका छन्। काठमाडौंमा उपत्यका आई बसोबास गर्दै आइरहेका सुदूरपश्चिममा नभइ याे सुदूरपश्चिमबाट काठमाडाैं उपत्यकामा आई बसाेबास गरिरहेका समूदायले काठमाडौंको टुँडिखेलमा परम्परा साँस्कृतिक नाचगान, बाजागाज, पोशाक तथा मौलिक प्रस्तुतिसहित यो पर्व मनाएका छन्।
सूदुरपश्चिमवासीले देउडा गीत गाएर मौलिक भेषभुषामा सजिएर नृत्य गरी रमाइलो गरेका छन्। टुँडिखेलमा बालकदेखि युवा, वृद्धसम्म सबै उमेर समूहका मानिसहरु भेला भएर देउडा गीत र नृत्य प्रस्तुतिसहित सूदुरपश्चिमवासीले यो पर्व मनाएका छन्। पर्वकाे खुशियालीमा उनीहरुले शुभकामना आदानप्रदान गरे।
गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन्। धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ।
सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा गौरालाई लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास व्यापक बनेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो।
सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि कामना गरेको कुरा पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।