काठमाडौं– आगामी असोजमा नेपाल–चीन एक्स्पो आयोजना हुने भएको छ।
नेपाल र चीनबीचको व्यापार र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी असोज १९ गतेदेखि ललितपुरको मंगलबजारमा नेपाल–चीन एक्स्पो आयोजना गर्न लागिएको हो।
अरनिको सांस्कृतिक तथा व्यवसायिक प्रवद्र्धन समाजले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी दुई मुृलुकबीचको आर्थिक तथा सांस्कृतिक विकासमा जोड दिएर एक्स्पो आयोजना गर्न लागिएको स्पष्ट पारेको छ। समाजका अध्यक्ष अजरमान जोशीले नेपाली बजारमा अत्याधिक मागको रुपमा रहेको चिनियाँ सामग्री खरिद गर्न पाउने व्यवस्था पनि एक्स्पोमा गरिने जानकारी दिए।
५ दिनसम्म चल्ने एक्स्पोमा करिब १ सय वटा स्टल रहने अनुमान गरिएको छ। २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा सहभागी हुन पनि समाजले सबैलाई आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।