काठमाडौं– नेपाल विज्ञापन संघ(आन)ले आयोजना गरेको ‘गोल्डेन ओक १२औं कृति अवार्डस २०७९’ को विधागत उत्कृष्ट पाँच मनोनयनहरु घोषणा गरिएको छ।
विभिन्न ३१ वटा विधाका ४२५ मनोनयनहरुमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु आज होटल याक एण्ड यतिमा आयोजित समारोहबीच घोषणा गरिएको हो।
उक्तकार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदातातथा विज्ञापनकर्मीहरुको साझाकार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्डस् २०७९को तीन शीर्षकमध्य मेन स्ट्रिमअन्तगर्तका विधाहरुमा उत्कृष्ट ५, टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको आज घोषणा गरिएको हो। यस गोल्डेन ओक १२औंं कृति अवार्डस्मा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा मनाेनयन दर्ता गराएका थिए।
अवार्डको मुख्य प्रायोजकमा गोल्डेन ओक, पावरमा बाल्ट्रा र डिस होम रहेको छ। कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ विकास बैक., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टमा आइ.टि.पि.एफ., प्रभु बैंक, सफ्टी हाइजिन, सेल पे र राष्ट्रिय बाणिज्य बैंक रहेका छन्।
गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मूल समारोह होटल सोल्टीमा भाद्र २५ गते शनिबार हुँदैछ। कृतिको टप फाइभनोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइनखवर डट कम र हिमालय टिभी एचडीले गरेको थियो। बाहौं कृतिका ट्राभल पार्टनर गुरु ट्राभल्स र आनबीच सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।