काठमाडौं– सामसङको ‘ए’ सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुने भएको छ। सामसङ ग्यालेक्सी ए१३ सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हाे।
यसमा भएका नयाँ सिस्टमले प्रयोगका लागि सहज र नयाँ तरिका तथा विशेषताहरुसँग निकटता तुल्याउने विश्वास गरिएको छ।
हरेक मूल्य विन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिवद्ध रहँदै आएको सामसङको ग्यालेक्सी ए१३ मा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्ले रहेको छ।
यी सबै सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि, विशेषगरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउनेछ। यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउने र यसमा भएको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले फोनलाई टीममा एक उत्कृष्ट सदस्य बनाउँछ।
फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम वा तपाईंको टिकटोकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ।
आफ्नो फोनमा लोड गरिने ती सबै डाटा र सबै फाइलहरूको सुरक्षाबारे निश्चिन्ता बनाउनेछ। ग्यालेक्सी ए१३ सामसङको विशेष नज सेक्यूरिटीसँग सुसज्जित छ। त्यसैले शान्तिमा थप कन्टेन्टहरू बनाइराख्नुहोस्, ग्यालेक्सी ए१३ ले सुरक्षाको जिम्मा लिएको छ।
ग्यालेक्सी ए१३ उदीयमान कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुने र जसले आफ्नो उत्कृष्ट टिकटक कन्टेन्टको लागि बजेट अनुकूल तर सुविधाले भरिएको फोन खोजिरहेका ग्राहकका निम्ति रोजाइमा पर्ने विश्वासको गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।