• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

काठमाडौंमा स्मार्ट पार्किङ : करोडौंको हिसाब गोलमाल

64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ १३, २०७९  २१:४१
1140x725

काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भवन निर्माण गर्दा पार्किङको लागि भनेर स्वीकृति  लिएर अन्य प्रयोजनमा प्रयोग भै रहेका स्थानहरु खाली गराउन सक्रिय छन्। 

बालेन डोजर नै लिएर पार्किङको स्वीकृति लिएको तर अन्य प्रयोजन लगाएका स्थानहरु खाली गराउन निकै सक्रिय देखिएका छन्। उनको यो कार्यको धेरैले प्रशंसा गरेका छन्। 

व्यापारिक प्रयोजनको लागि बनेका कम्प्लेक्सहरूको बेसमेन्ट खाली गराइरहँदा महानगर आफैंले ठेक्कामा दिएको ‘स्मार्ट पार्किङ’ मा भने मेयर बालेनको ध्यान पुगेको देखिँदैन। महानगरले २०७५ सालमै न्यूरोडस्थित खिचापोखरी र दरबार मार्गको व्यस्त सडक नै ओगटेर स्मार्ट पार्किङको लागि स्वीकृति दिएको थियो। 

बाह्रै महिना खचाखच हुने न्यूरोड र दरबार मार्ग क्षेत्रमा सवारी साधनलाई भने पार्किङका लागि ठाउँ पाउन मुश्किल हुन्छ। सवारीसाधन लिएर किनमेल गर्न त्यहाँ पुग्ने सेवाग्राही पार्किङ गर्न अर्को सवारीसाधन नहिँडुञ्जेल कुरेर बस्न बाध्य छन्। 

खिचापोखरीमा मात्रै होइन ताम्राकार कम्प्लेक्स भएको स्थान, प्युखा मार्ग, विशाल बजारबाट इन्द्रचोक जाने सडक र धर्मपथलगायतका ठाउँमा पनि यसैगरी पार्किङमा खचाखच सवारीसाधन राखिएको देख्न सकिन्छ। यहाँ पनि सेवाग्राहीहरुको समस्या पार्किङ गर्न पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको छ।

अझ दरवार मार्गमा समेत 'स्मार्ट पार्किङ' को व्यवस्था छ। यहाँ ‘स्माट पार्किङ’ का लागि ‘ह्विल्स ट्रुली योर्स' (Wheels Truly Yours) नामक कम्पनीलाई ठेक्का दिइएको छ। दरवार मार्ग क्षेत्र दिनमा मात्रै हैन रातमा पनि भिडभाड हुने स्थान हो। उक्त क्षेत्रमा बिहानदेखि बेलुका अबेरसम्म आफ्नो यातायातको साधन लिएर जाने मानिसले पार्किङको लागि स्थान पाउन  पनि मुश्किल पर्छ। 

काठमाडौं महानगरपालिकाले माथि उल्लेखित स्थानहरुमा ‘स्मार्ट पार्किङ’ भन्दै निजी कम्पनीलाई दिएको हो। उक्त स्थानहरुमा महानगरभित्र सवारीसाधनको अव्यवस्थित चाप कम गर्ने उद्देश्यले चार वर्षअघि स्मार्ट पार्किङ सुरु गरेको थियो। महानगरपालिकाले ‘ह्विल्स ट्रुली योर्स’ सँग सहकार्य गरेर काठमाडौंमा स्मार्ट पार्किङको अवधारणा ल्याएको थियो।

यसरी सार्वजनिक बाटोहरुमा पार्किङको लागि तोकेको स्थानमा सवारी पार्क गरेको निश्चित शुल्क लाग्छ। उक्त स्थानमा दुई पांग्रे सवारीले एक घण्टाको २५ रुपैयाँ शुल्क तिर्नुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै चारपांग्रे सवारीका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क तोकिएको छ। यसमा पनि समय बढ्दा शुल्क बढ्दै जाने ‘ह्विल्स ट्रुली योर्स’ का संस्थापक मध्येका एक शैलेजराज कुँवर बताउँछन्। यसरी स्मार्ट पार्किङको लागि भनेर निजी कम्पनीलाई दिएको स्थानमा त्यहाँका स्थानीय र व्यापारीले समेत पैसा तिर्नु परेको छ। 

KTM smart parking 51661788507.jpg

गैरकानुनी तरिकाले ठेकेदारलाई खरिखाने ठाँउमात्रै 
महानगरले पाइलट प्रोजेक्टका रूपमा २०७५ साल माघ ८ गते सुरु गरेको थियो। सम्झौता अनुसार सम्झौता भएको दुई वर्षसम्म प्रत्येक सवारीको २० प्रतिशत र देस्रो वर्षबाट ३० प्रतिशत शुल्क महानगरलाई बुझाउनु पर्ने उल्लेख छ। सम्झौतामा चार/चार महिनामा महानगरलाई पैसा बुझाउनु पर्ने भनिएकाे छ।  तर उक्त कम्पनीले ४ महिनामा ३० देखि ३५ लाख बुझाउने गरेको महानगरको राजश्व विभागका शिवराज अधिकारीले बताए । 

‘पहिलो २ वर्ष २० प्रतिशत र तेस्रो वर्षदेखि ३० प्रतिशत शुल्क महानगरलाई बुझाउनुपर्छ’ उनी भन्छन्, ‘यो स्मार्ट पार्किङको लागि पाइलट प्रोजेक्ट हो। तर खासै प्रभावकारी भएको छैन।’

राजश्व विभागका एक कर्मचारी स्मार्ट पार्किङ ‘ह्विल्स ट्रुली योर्स’ काे कमाइ खाने भाँडो बनेको आरोप लगाउँछन्। ‘त्यो कुनै ठेकेदारलाई गरिखाने ठाउँ मात्रै बनेको छ। पाइलट प्राेजेक्ट भनेपछि त त्यहाँ भएजस्तै अन्य स्थानमा पनि सुरु गर्नुपर्ने हो। तर अन्य स्थानमा सुरु नै गरिएको छैन,’ उनले भने ‘कहिं गाडी गुडाउनको लागि गरिएको पिच बाटोमा पार्किङ गर्छन् र? तर तत्कालीन नेतृत्वले त्यही ठिक भन्यो। आफ्नै कार्यालयले गरेको कुरा कसलाई भन्ने, के भन्ने?’

 काठमाडौं महानगरपालिका एक कर्मचारी भन्छन् - 'पार्किङ शुल्कमा नै मनोमानी भएको छ।

स्मार्ट पार्किङको यतिसम्म अव्यवस्था छ कि महानगरलाई दैनिक कति सवारी पार्किङ भए भनेर समेत थाहा हुँदैन। त्यहाँ पार्क गरिएको सवारीको शुल्क महानगरले ३० प्रतिशत पाउने भएपछि त थाहा हुनुपर्ने हो कि दैनिक कति सवारी साधन पार्क भए भनेर । 

पार्किङको ठेक्का पाएको ‘ह्विल्स ट्रुली योर्स’ ले कति रकम उठाउँछ भन्नेबारे महानगर बेखर छ। कूल आम्दानी नै कति हुन्छ भन्ने महानगरलाई थाहा छैन। नभएपछि उक्त कम्पनीले जति पैसा दियो त्यतिमा नै चित्त बुझाउनु परेको महानगरपालिका स्रोतले बतायो।

‘पार्किङबाट कति पैसा उठ्छ जानकारी छैन'

‘पार्किङबाट कति पैसा उठ्छ भन्नेबारे हामीलाई जानकारी हुँदैन’, महानगरका एक अधिकारी भन्छन्, ‘ह्विल्स ट्रुली योर्स’ ले जति उठाएर ल्याउँछ, त्यति नै होला।’ सम्झौतामा भने पार्किङ क्षेत्रमा भइरहेको गतिविधि महानगरले जानकारी पाउनेगरी प्रविधि लिंक गर्नुपर्ने उल्लेख छ।

सम्झौताको बुँदा नम्बर १६ मा भनिएको छ, ‘पार्किङ क्षेत्रमा भइरहेको गतिविधि महानगरले जानकारी पाउनेगरी प्रविधिमार्फत लिंक गर्नुपर्नेछ।’ सवारी पार्किङ भएको, खाली भएको वा बुकिङ भएकोबारे तत्काल जानकारी हुनेगरी डिजिटल प्रणालीमार्फत् (सर्भर मोबाइल एप्लिकेसन) गराउने व्यवस्थासमेत  गरिने सम्झौतामा छ। कुनै सवारी पार्किङ भएको, खाली भएको वा बुकिङ भएकोबारे तत्काल जानकारी हुनेगरी डिजिटल प्रणालीमार्फत् (सर्भर मोबाइल एप्लीकेसन) गराउने व्यवस्था गर्नुपर्ने भनिएकाे छ। 

तर, अवस्था भने ठीक उल्टो छ।  सम्झाैता भन्दा उल्टाे काम भएकाे महानगरका कर्मचारी स्वीकार गर्छन ।  पार्किङ क्षेत्रमा राखिएका डिजिटल बोर्डहरू कुनै टुटे-फुटेका छन्। कुनै बन्द छन्। चल्ने एक/दुईटा बोर्डमा पनि महानगरको सूचना आउँछ पार्किङबारे जानकारी आउँदैन। 

पार्किङस्थलमा कम्पनीका ७० भन्दा धेरै कर्मचारीले पार्किङ व्यवस्थापन गरिरहेका छन्। उनीहरूले नै शुल्क उठाउँछन्। तर, त्यसको रेकर्ड महानगरसँग हुँदैन। 

महानगरभित्र यसरी अव्यवस्थित रुपमा भएका पार्किङको बारे महालेखाले  समेत आफ्नाे प्रतिवेदनमा प्रश्न   उठाएको थियो। तर पाइलट प्रोजेक्ट भनेर तोकिएको समयसम्म चल्न दिने निर्णय भएको महानगरका एक कर्मचारी बताउँछन्।

‘खरिद ऐनले नै प्रतिस्पर्धा गराएर ठेक्कामा दिनुपर्ने उल्लेख छ। त्यसो भएको भए सम्झौता एक पक्षीय हुँदैनथ्यो। विभिन्न कम्पनीहरु आएर प्रतिस्पर्धा गर्न पाउँथे,’ उनले भने ‘जसले धेरै पारदर्शी बनाउँछ र जसले महानगरलाई पनि धेरै शुल्क बुझाउँछ, त्यसैले ठेक्का पाउँथ्यो। तर एउटा मानिसलाई कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको छ।’

KTM smart parking (2)1661788329.jpg

KTM smart parking (3)1661788329.jpg

KTM smart parking (4)1661788330.jpg

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:४१
  • #काठमाडौं-महानगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्