• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मन्त्रीको हतारले बेकामे बन्यो वैदेशिक रोजगार व्यवस्थापन शाखा

64x64
प्रतिक पौडेल मंगलबार, भदौ १४, २०७९  ०७:००
1140x725
तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ कार्यालयको उद्घाटन गर्दै । फाइल तस्बिर

बुटवल– गत असार १ गते भव्यताका साथ भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापनामा भयो। तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भव्यताका साथ कार्यालयको उद्घाटन गरे।

बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयको एउटा शाखा २० किलोमिटर यता एउटै जिल्लाको अर्को शहरमा ल्याएर संघीय मन्त्रीको उपस्थितीमा उद्घाटन गरियो। र, भनियो- 'वैदेशिक रोजगारीमा जानेहरुका लागि सबै किसिमको श्रम स्वीकृति प्रदान गर्ने कार्यालय भैरहवामा स्थापनमा भएको छ।'

यसबारे खोजी गर्दै जाँदा उक्त श्रम कार्यालय झुठो भएको खुलेको छ। बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालय नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको एक निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहातको कार्यालय भएको खुल्यो। जसले मुख्यत आन्तरिक श्रम हेर्ने काग गर्छ। अहिले स्थापना भएको कार्यालयको लागि केन्द्र सरकारले बजेटनै छुट्याएको छैन । बजेटको फाइल अर्थ मन्त्रालयमा गएर रोकिएको भन्ने बुझिएको छ । यस कार्यालयको लागि केन्द्र सरकारले दरबन्दी पनि सिर्जना गरेको छैन । जसका कारण बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयका ५ जना कर्मचारी भैरहवा ल्याएर काम गराइएको छ । अहिले यस कार्यालयका शाखा अधिकृत हप्ताको तीन दिन भैरहवा र तीन दिन बुटवलमा हाजिर हुने गर्छन्।

यसमा रहेको वैदेशिक रोजगार व्यवस्थापन शाखाले पुन: श्रम स्वीकृति बाहेक अन्य श्रम स्वीकृति गर्दैन। अन्य श्रम स्वीकृतिजस्तै संस्थागत श्रम स्वीकृति भित्रको पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति तथा वैयक्तिक नयाँ श्रम स्वीकृति गर्न वैदेशिक रोजगार विभाग काठमाडौंनै जानुपर्ने हुन्छ। कार्यालयले अन्तिम स्वीकृति गर्न पाए पनि । भैरहवाको लागि विवाभाले एकदमै कम कोटा दिने गरेको छ। जसका कारण काठमाडौंनै जानुपर्ने स्थिति छ ।

नेपाल सरकारको विभागीय मन्त्रीनै संलग्न भइ यसरी अधुरो रुपमा काम गरेको देख्दा भैरहवाका पर्यटन व्यासायीहरु आक्रोशित हुँदै गएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने भन्छन् “जे काम गर्न पनि मन्त्रीको अगाडी बिन्ती चढाउनुपर्ने, आफै बुझेर काम गर्नु कहाँ छ कहाँ गरेको काम पनि देखावटी मात्र भयो। “

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगार विभाग नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको आर्को निकाय हो । अहिले भैरहवामा एउटा निकाय अन्तर्गतको कार्यालय ल्याएर काम हुनुपर्नेमा पहिले देखिनै रुपन्देहीमा रहेको आर्को निकाय अन्तर्गतको कार्यालय बाट अधुरो सेवा संचालन गरेर भ्रम सिर्जना गरिएको प्रष्ट रुपमा देख्न सकिन्छ ।

काम सुरु भएको दुई महिना पुग्न लाग्दा पनि पुनः श्रम स्वीकृतिको काम भए पनि संस्थागत श्रम स्विकृती र वैयक्तिक नयाँ श्रम स्वीकृतिको काम सुरु नहुँदा सेवाग्राहीहरु काठमाडौ जानु पर्ने बाध्यता रहेको छ । नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले राज्यका प्रणालीहरु काठमाडौं बाहिर आउन चाहदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण बैदेशिक रोजगार बिभागले भैरहवामा शाखा कार्यालय स्थापना नगर्नु रहेको बताए ।

वैयक्तिक नयाँ श्रम स्विकृत सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचना अनुसार बैदेशिक रोजगार ऐन २०६४को दफा २१ बमोजिम वैदेशिक रोजगारको लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुबाट निबेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृति दिने रहेको छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए लगत्तै श्रम स्वीकृतिका लागि काठमाडौं जानु पर्ने समस्या अन्त गर्न भन्दै जेठमा भैरहवा आउँदा तत्कालीन विभागीय मन्त्री किशन श्रेष्ठले असार १ गतेबाट श्रम स्वीकृति भैरहवाबाटै हुने र कार्यालय खुल्ने घोषणा गरे अनुसार सोही तिथिमा हतार हातरमा बुटवलमा रहेको कार्यालयको एउटा शाखा ल्याएर उद्घाटन भएको थियो । पर्यटन व्यवसायी संजिवकुमार जोशीले वैदेशिक रोजगार विभाग भैरहवा आउन रुचि नदेखाउनु केन्द्रको संकुचित सोचका कारण भएको दाबी गरे ।

वैयक्तिक नयाँ श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागले फेमिस सिष्टमबाट काम गर्नुपर्छ तर यो सिष्टम हाम्रो केन्द्रीय कार्यालयको अधिकार क्षेत्र भित्र पर्दैन, अनुमती दिने भने वैदेशिक रोजगार विभागले हो तर यो अझै सम्म दिएको छैन । वैयक्तिक नयाँ श्रम स्वीकृतको अनलाइन फाराम भर्ने फेमिस सिष्टम भैरहवाका लागि विभागले नखोलिदासम्म यो स्वीकृति लिन सेवाग्राही काठमाडौंनै धाउनु  पर्ने शाखा अधिकृत केशव भट्टराईले बताए। कार्यालयबाट संस्थागत श्रम स्वीकृति अन्तरगत पूर्व स्वीकृति एक जनाले पनि लिएका छैनन् भने अन्तिम स्वीकृति १२ जनाले लिएका छन् । ६५१ जनाले पुन: श्रम स्वीकृति यो कार्यालयबाट लिएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहेको भए एउटा निर्णयले वैदेशिक रोजगार विभागले भैरहवामा शाखा खोल्नु ठूलो कुरा थिएन तर मन्त्रीको हतारले अहिले एउटा काम गर्ने निकायलाई अर्को काम गर्नु परिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्