काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौं संस्करण सम्पन्न गरेको छ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्ताहरुमध्येबाट कर्पोरेट क्लबमा पर्ने सफल लिडर, सिनियर एजेन्सी म्यानेजर, एजेण्ट तथा उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादनबाट सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न कार्यक्रम कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने ३६० सक्रिय सिटिजन लिडरहरु उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।