काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहार लक्षित गरी ल्याएको ‘हुन्डाईको फेस्टिभ डिलाईट–२०७८’ अफरको बम्पर बिजेताको नाम घोषणा गरेको छ ।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर छुट तथा स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट, बम्पर उपहारअन्तर्गत ‘लक्की ड्र’मार्फत १ जना बिजेतालाई हुन्डाई ‘आई २०’ जित्ने मौका थियो ।
‘हुन्डाईको फेस्टिभ डिलाईट-२०७८’ अफरअनुरुप ‘बम्पर लक्की ड्र’अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० गाडी जितेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । ‘हुन्डाईको फेस्टिभ डिलाईट २०७८’ योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागू गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।