काठमाडौं– सन्राइज बैंकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा बैंकले बुधबार प्रतिष्ठानलाई ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको हो।
बुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चिअर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरे।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन्।
सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे।
बैंकले हरेक बर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ। गतवर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सरसम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।