काठमाडौं– इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ।
कारखानाको शिलान्यास बुधबार सम्पन्न गरिएको छ। शिलान्यास समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्र दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एवं सीएफओ एचके पार्कको उपस्थिति रहेको थियो।
समारोहमासामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ श्री केन काङल नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिवद्धता र सामसङका उत्पादनहरुप्रति उपभोक्ताहरुले देखाएको विश्वासको प्रतिक भएको बताए। उनले साथ र सहयोगका नेपाल सरकार र स्थानीय निकायहरुप्रति आभार व्यक्त गरे।
गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि कोसेढुङ्गा साबित हुने धारणा राखे। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्व बढेर विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
कारखानाले स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको र थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने दाबी गरिएको छ।
सन्् १९९७ मा नेपाल प्रवेश पाएको सामसङ ब्राण्ड घरेलु नाम बनिसकेको छ। यसले साझेदारमार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ।
समारोहमा मित्रराष्ट्र दक्षिण कोरियाका राजदूत पार्क चोँग सुक, रामग्राम नगरपालिकामा प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत विशिष्ठ व्यवक्तिहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।