काठमाडौं– प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोजी कारोबार गर्दै आइरहेका ग्राहकहरुले सीता प्यालेस होटल फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
होटलमा सुविधा लिन चाहनेले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।