काठमाडौं– ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरि पाउने जनाएको छ।
ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन्।
यस्तै, वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको सर्फ एक्सल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। साथै रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० को छुट पाउन सक्नेछन्।
यस्तै, एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मको छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन्। साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७०० र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन। कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा प्रदान गर्दै आइरहेको छ।
देशभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, रबिभवन, किर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार तथा भक्तपुरको राधेराधे र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।