• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीको मागमा संसदको अधिकार जोड्नु प्राेपोगान्डा मात्रै

64x64
नेपाल लाइभ बिहीबार, साउन १०, २०७५  ०१:३६
1140x725

डा गाेविन्द केसी २७ दिनदेखि अनसनमा छन्। चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था निकै नै गम्भीर रहेको भन्दै सचेत हुन सम्बन्धित पक्षलाई आग्रह गरिरहेका छन्। तर कसैले सुनिरहेको छैन। विशेषगरी सरकार डा केसीप्रति निकै नै अनुदार देखिएको छ। प्रधानमन्त्रीकै अभिव्यक्तिले प्रशस्त डर प्रवाह गरिरहेको हुन्छ।

मन्त्रिपरिषद्मा भएका वा नभएका नेकपा नेताहरु अहिले सरकारको बचाउ गर्न र डा केसीलाई लाञ्छना लगाउनमै व्यस्त छन्। उनीहरु कांग्रेस लगायतको पार्टीले डा केसीको अनसनलाई हतियार बनाएर आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्न खोजेको बताइरहेका छन्। डा केसीको अनसनको दिन लम्बिँदै जाँदा यसै कुरामा सहमति जनाउन नेकपासँग अास्था राख्ने र सो पार्टीप्रति अति आशावादी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि थपिएका छन्। केही दिनयता उनीहरु भनिरहेका छन्- 'विधेयक संसदमा गइसक्यो। त्यसैले अब जे गर्छ, सार्वभौम संसदले गर्छ, त्यो नै अन्तिम हो। संसदलाई बाध्य पार्ने वा नियन्त्रण गर्ने अधिकार कसैसँग छैन। सरकारसँग पनि छैन।'

संसदवादको यो आश्चर्यजनक वकालत खासमा ठीकै सुनिन्छ। शक्ति पृथकीकरणको सिद्धान्तको दृष्टिले पनि त्यो तर्क गलत होइन। तर, डा केसीको अनसनको सन्दर्भमा यस्ता तर्क प्राेपोगन्डाभन्दा बढी केही पनि होइनन्। मूल विषयलाई मोड्न यस्ता तर्कहरु सिर्जना भइरहेको छ।

संघर्ष सरकारसँग हो, संसदसँग होइन

सर्वप्रथम बुझ्नुपर्ने कुरा के छ भने डा केसीले आफ्नो माग सरकारसँग राखेका हुन्। संसदसँग होइन। डा केसीले सरकारलाई भनिरहेको साधारण कुरा हो- तिमीले जुनखालको विधेयक पारित गरेर कानुन बनाउन खोज्यौ, त्यसमा मेरो चित्त बुझेको छैन। त्यसमा केही कुरा थप्नु आवश्यक छ। त्यो विगतमा मसँगै गरिएका सहमतिभन्दा विपरित छन्।

अहिलेसम्म डा केसी र सरकारबीच सहमति भइसकेको छैन। त्यसकारण अहिले नै संसदको अधिकारको कुरा उठाउनु आवश्यक पनि छैन। संसदमा विधेयक लैजाने र लगेको सरकारले हो।

त्यसलाई सकेसम्म सर्वसम्मतिबाट पारित गराउन खोज्नु सरकारको चाहना हुने गर्छ। त्यसैकारण सरकारका पक्षहरुले असन्तुष्ट समूह, विपक्षी दलका नेताहरु, संशोधन हाल्ने आफ्नै पार्टीका नेताहरुलाई विश्वासमा लिएर सर्वसम्मत विधेयक पारित गर्ने प्रयत्न गर्छ। अहिले सरकार यही प्रक्रियामा छ। ऊ ढिलै भएपनि डा केसीसँग वार्ता गरिरहेको छ। सहमति बनाउने प्रयास गरिरहेको छ। आफूले लगेको विधेयकमा संशोधनको आधार तयार गरेर पारित गराउने सरकारको प्रयत्न हुन्छ। यो स्वभाविक कुरा हो।

सरकारले डा केसीसँग अहिले गर्नसक्ने सहमति भनेको संसदमा लैजाने प्रस्तावमा मात्रै हो। त्यो भोलि संसदबाट फेल वा पास हुनसक्ने अवस्था रहन्छ। त्यतिबेला संसदको अधिकारको कुरा भन्न सकिन्थ्यो। तर अहिले अवस्था पनि त्यहाँसम्म पुगेकै छैन।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले अहिले दर्ता भएर रहेको चिकित्सा शिक्षा विधेयकलाई जसरी दर्ता गर्यो त्यो नै गलत भइसकेको छ। पहिलो कारण त डा केसी अनसन बसिरहँदा, असन्तुष्ट भइरहँदा नै त्यो दर्ता भयो। जुन गैरजिम्मेवारीपूर्ण कदम थियो। किनकि, चिकित्सा शिक्षा क्षेत्रका विसंगतिलाई रोक्न अहिले जसरी ऐन बनाउने प्रक्रिया थालिएको छ, त्यसमा डा केसीको भोक र संघर्ष मिसिएको छ। उनकै दृढसंकल्प र आम जनताको साथले यो अवस्थासम्म आइपुगेको हो। जसकाे प्रयासमा स्वास्थ्य शिक्षा क्षेत्रमा सकारात्मक सुरुवातहरु भए, उसैले चित्त नबुझाएर अनसन बसिरहेको बेलामा सरकारले विधेयक पारित गर्न खोज्ने हठ देखायो, वास्तवमा गलत दिशातर्फकाे हिँडाई त्यहीँबाट सुरु भइसकेको थियो।

त्यसैले भन्न सकिन्छ, डा केसीको संघर्ष सरकारसँग हो, संसदसँग होइन। विषयवस्तुमा सहमति जुट्छ भने सरकारले त्यसलाई पारित गर्न जुन विधि र प्रक्रिया सहज हुन्छ, हामी त्यसमा सहमत छौं भनेर डा केसी पक्षधरले भनिरहेका छन्। अनि, यहाँ कहाँबाट आयो संसदका कुरा?

डा केसीले त सरकारलाई आफ्नो विषयमा सहमत गराउने हो। उनको प्रयास पनि त्यही हो। सरकार डा केसीको माग पूरा गर्न तयार भएको क्षण संसद आफैं तयार हुन्छ। सार्वभौम संसदको आँट भए त्यतिबेला सरकारले लगेको प्रस्ताव फेल गरेर देखाए भयो नि त!

बहुमत सबैथोक होइन

Xtrem

Xtrem

एउटा उदाहरणबाट यो प्रसंग सुरु गर्नु उचित होला। दोस्रो संविधानसभाले संविधान बनाउँदै गर्दा विषयवस्तुमा सहमति नजुटेपछि २०७१ माघमा प्रक्रियाबाट भोटिङ गरेर संविधान ल्याउने प्रयास भयो। तर मत थोरै भएको तर मुद्दा धेरै भएको माओवादीले तर्क राख्यो, यो संविधानसभाबाट संविधान बनाउने कुरा सभासदको टाउकोको संख्याले मात्रै निर्देशित गर्दैन। अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, जनआन्दोलन, बाह्र बुँदे सहमति तथा विगतका सम्पूर्ण संघर्षले तय गरेको एजेन्डाले निर्देशित गर्छ।

त्यतिबेला माओवादीको कुरा गलत थिएन। जुन कुरा हुँदैछ भने त्यसको उद्गमदेखिको औचित्य खोजिनै पर्छ। यद्यपि, यो संविधानसभा होइन, संसद हो। तर सन्दर्भ उस्तै हो। अहिले पनि नेकपासँग संसदमा बहुमत छ। तर उसले ल्याउन खोजेको विधेयक उसका कारण आएको होइन, डा केसीको अनसनकै कारण आएको हो। त्यही अनसनसँग झुकेर सरकारले सहमति गर्याे र केदारभक्त माथेमा नेतृत्वको कार्यदल बन्यो। सोही कार्यदलको दिएको प्रतिवेदनमा टेकेर विधेयक आयो।

कि सरकारले भन्न सक्नुपर्छ म विगतको सहमति र सिफारिसबाट पछि हटेको छु। तर उसले त्यसो पनि भनिरहेको छैन। बरु विधेयकको आधार माथेमा प्रतिवेदन नै हो भनिरहेको छ। केसीको आन्दोलन हो भनिरहेको छ। त्यसो हो भने, ड केसीको आन्दोलन र माथेमा प्रतिवेदनले विगतका कुन-कुन वेथिति अन्त्य गर्ने, कस्ता सुधार गर्ने संकल्पको सुनिश्चिता गरेको थियो, अहिले पारित हुन लागेको विधेयकले ती कुराको सुनिश्चितता गर्नुपर्छ कि पर्दैन?

संसदीय व्यवस्थामा सरकारसँग सधैंभरी बहुमत हुन्छ नै। तर बहुमत छँदैछ, त्यसैले सबैकुरा हामी अनुकूल ल्याउँछौं भन्ने हठ सामान्यतया कुनै सरकारमा पनि हुँदैन। बहुमतलाई मात्रै हेर्ने हो भने जस्ता विधेयक पनि सहजै पास हुनसक्छन्। तर त्यस्तो हुँदैन। विधेयकमा सुधार र बढीभन्दा बढीको सहमति खोज्ने प्रयास सधैंभरी चलिरहन्छ। संसदमा आफ्नोतर्फ बहुमत भए पनि कतिपय मन्त्रीहरुले विधेयकलाई सकेसम्म सर्वसम्मत गराउन असन्तुष्टसँग पनि छलफल चलाएको र संशोधन प्रस्ताव फिर्ता लिने वातावरण बनाएको उदाहरण पनि हामीसँग छन्। त्यसैले हामीसँग बहुमत छ, त्यसैले सबैकुरा हामीले भनेजस्तो हुन्छ भन्ने ठान्नु दम्भ बाहेक केही होइन। सामाजिक सञ्जालमा संसदको शक्ति र मर्यादाको गुणगान गाउनेहरुले पनि ख्याल गर्नुपर्ने कुरा हो यो।

संसदीय व्यवस्थामा सबै विषयलाई, सधैंभरी संसदको अंकगणितले मात्रै निर्धारण गर्दैन।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  ०१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्