काठमाडौं– आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टीसीएलले ‘नयाँ वर्षको टीसीएलमय सुरूवात!’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ।
ग्राहकहरूले टेलिभिजनको खरिदमा रू. ५९,००० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रू. १९,००० को छुटका साथै १ थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन्।
त्यस्तै वाशिङ मेसिन खरिदमा रू. २७,४०० सम्मको छुटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। रेफ्रिजेरेटरको खरिदमा रू. ३३,४०० को छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउन सक्नेछन।
त्यसैगरी एअर कन्डिसनरको खरिदमा रू. ५३,७०० सम्मको छुटका साथै रू. ४,००० बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन। र साथै वाटर डिस्पेन्सरको खरिदमा रू. ४,९०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रू. १४,८०० सम्मको छुट पाउन सक्नेछन।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपालभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरूम तथा बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरूमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, कीर्तिपुर, रविभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, भक्तपुरकाे राधेराधे र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।