काठमाडौं– ६४ वर्षको ईतिहास बोकेको भारतको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो नयाँ वर्षलाई लक्षित गरी ‘गेट सेट गोडरेज’ नामक योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१ प्रतिशतसम्म छुट र आकर्षक उपहारहरु पाउन सकिनेछ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको व्यवस्था रहेको जनाइएको छ।
यस्तै दुई केजी एरियल वाशिङ पाउडर पनि पाउन सकिनेछ भने माईक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।
एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपालभर गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।