काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहक वर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याज दरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ ।
‘नबिल ढुक्क मुद्दती खाता’अन्तर्गत ग्राहक वर्गले जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।
यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने यस खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
यस्तै, विप्रेषणअन्र्तगत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गतका ग्राहकले रू. ३००,००० सम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।