काठमाडौं– ‘नेपाल पैसा पठाउनुहोस्, पुरस्कार जित्नुहोस्’ अफर अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर र साउदी अरबस्थित टेलिमनी बैंकले विजेतालाई कार हस्तान्तरण गरेका छन्।
दुवै संस्थाको संयुक्त आयोजनामा उक्त अफर योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सञ्चालन भएको थियो।
उक्त उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत् नेपालमा सिटी एक्सप्रेसमा रेमिट्यान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५ हजार नगद साउदी रियाल, तीन जनाले आईफोन– १३ प्रो म्याक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो।
यि सबै पुरस्कारहरु २/२/२ महिना गरी ६ महिना सम्म विद्युतिय लक्की ड्र मार्फत् घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको थियो।
सोही योजना अनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ। राम गोपालपुर, महोत्तरी (हाल साउदी)का ३५ वर्षीय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो।
जम्सेद विगत ६ वर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन्। उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। नेपाली राज दूतावासका मिसन उपप्रमुख दिलीपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, बसिम बी मड्डा टेलिमनी केन्द्रका प्रमुख अब्दुल्लेलाह अ. बी तलाह, सेल्स म्यानेजर जीतेन्द्र थपलियालगायतको सहभागिता रहेको थियो।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।